दाङकाे शान्तिनगर गाउँपालिकामा पछिल्लाे २४ घण्टामा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ६ जना डिस्चार्ज भएका छन् ।
पछिल्लाे समयमा शान्तिनगर गाउँपालिकामा काेराेना संक्रमित भन्दा निकाे भई घर जानेकाे संख्या बढेकाे छ ।
आज थपिएका २ जना संगै शान्तिनगरमा संक्रिय काेराेना संक्रमितकाे संख्या ३६ जना रहेकाे स्वास्थ्य शाखा संयाेजक हरी पुनले जानकारी दिनुभयाे । संयाेजक पुनका अनुसार शान्तिनगर गाउँपालिकाले सञ्चालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आइसाेलेसनमा २ जनाकाे उपचार भइरहेकाे छ ।
शान्तिनगर गाउँपलिका भित्र हाेम आईसाेलेशनमा रहेका सबै सक्रिय संक्रमितहरूले कुनै समस्या भएमा चिकित्सक संग सम्पर्क गर्न अनुराेध गरिएकाे छ । कुनै समस्या भएमा मेडिकल अधिकृत डा.केशब के.सीकाे सम्पर्क नं. ९८४१४४००२१ र स्वास्थ्य संयाेजक हरि पुनकाे नम्बर ९८६६७०८५२५ मा सम्पर्क गर्न सकिने बताइएकाे छ ।
यस्तै शान्तिनगर गाउँपलिका मा कुनै ब्यक्तिलाई काेराेना राेगकाे शंका लागेमा धनाैरी स्वास्थ्य चाैकिमा सम्पर्क गरि काेराेना राेगकाे परिक्षण गर्न अनुराेध गरिएकाे छ।