२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयाे

प्रतिकात्मक तस्वीर ।

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।
जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।