काेराेना महामारीका राेकथाम र नियन्त्रण गर्नका लागि जिल्लामा जारी लकडाउनका कारण समस्यामा परेका शान्तिनगर ७ भित्रका विभिन्न गाउँका १४ अति विपन्न परिवारलाई सहयाेग गरिएकाे छ ।
समस्त शान्तिनगर युवा परिवारद्धारा सञ्चालित काेराेना सचेतना कार्यक्रम अन्तर्गत फुड बैंकमा जम्मा भएकाे खाद्यान्न सहयाेग गरिएकाे कार्यक्रम व्यवस्थापक प्रदिप अधिकारीले बताउनुभयाे ।
देश तथा विदेशमा रहेका सहयाेगीदाता कारण काेराेना महामारीमा समस्या परेका शान्तिनगरका विभिन्न वडाका विभिन्न किसिमका विपन्न परिवारलाई सहयाेग गरिदै आएकाे अधिकारीले बताउनु भयाे ।
खाद्यान्न वितरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापती प्रमोद बस्नेत, समाजसेवी नरेस डाङ्गी, तुल्सीलामिछाने, तारा वहादुर वली गोपाल जि.सी.(सुरेन्द्र) लगायतकाे सहभागिता रहेकाे थियाे ।
आज पनि विभिन्न सहयाेगीदाताले अभियानका लागि सहयाेग गरेका छन् । वडा नं ७ का अध्यक्ष पिमलाल वली, छाेरा तथा डिपिजी ट्रेडर्सका प्राेप्राइटर दुर्याेधन वली, म्यानेजर टेक वहादुर खत्री लगायत सुबोध बुधाथोकी, प्रेम रावत, सन्दिप अधिकारी, प्रमोद खड्का, कृष्ण खत्री, टेक बहादुर खत्री, भिम राना लगायतले नगद सहयाेग गरेका थिए ।