२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

बर्षाका कारण विग्रेकाे मलईकाे माेटरबाटाे निर्माण हुँदै

केहि दिन अघि लगातार परेकाे भारी बर्षाकारण विग्रेकाे बबई गाउँपालिका वडा नं ७ मलईकाे माेटरबाटाे निर्माण कार्य सुरू गरिएकाे छ । बबई गाउँपालिकाले माेटरबाटाे निमार्णका लागि डाेजर उपलब्ध गराएकाे छ ।

बर्षाका कारण माेटरबाटाे निर्माण हुँदा मलईबासी समस्या भन्ने समाचार छहरा अनलाइनमा फाेटाे फिचर सहित प्रकाशित भएकाे थियाे । पानीले माेटरबाटाे चिरा चिरा र विभिन्न स्थानमा भित्कएकाे थियाे । जसले गर्दा ट्याक्टर हिड्न समेत समस्या परेकाे थियाे ।
माेटरबाटाे विग्रदा मलईमा भईरहेका याेजना काममा आवश्यक सामाग्री, दैनिक उपभाेग्य सामान, वडा तथा गाउँपालिका आवत जावत गर्न समस्या परेकाे थियाे ।

स्थानीयबासीकाे पटक पटक माग र जिल्ला समन्वय समितिका सदस्य जगत वहादुर बस्नेतकाे पहलमा विग्रेकाे माेटरबाटाे निमार्ण कार्य थालनी गरिएकाे स्थानीय समाजसेवी राजकुमार खड्काले जानकारी दिनुभयाे ।
विग्रेकाे माेटरबाटाे निर्माण भएपछि केहि राहत हुने देखिएकाे छ ।