नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेश सभा सदस्य डिल्ली वहादुर चाैधरी स्वास्थ्यकर्मी सहित विरामीकाे घरदैलाेमा पुगेका छन् । सांसद चाैधरीले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्यकर्मी सहित विरामीकाे घरदैलामा पुगेर स्वास्थ्य चेकजाँचमा गराउदै आएका छन् ।
कोरोना महामारी (कोभीड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रमूख जिल्ला अधिकारी, स्थानीय तह सरकारहरुको समन्वय तथा सहकार्यमा बेस संस्थाले दाङ जिल्लाको अति प्रभावित गाउँ, नगर तथा टोलहरुमा यहि जेठ १३ गते देखि स्वास्थ्य सामाग्री सहितको चिकीत्सक टोलीबाट घुम्ती स्वास्थ्य शिवीर संचालन गरेकाे छ ।
लुम्विनी प्रदेश सभा सदस्य तथा बेस संस्थाका केन्द्रीय समेत रहेका चाैधरीकाे पहलमा यस्ताे घुम्ती स्वास्थ्य शिवीर संचालन गरिएकाे हाे ।
डाक्टर राजीब झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ गाउँमा गएर स्वास्थ्य चेकजाँच गर्दै आएकाे बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिनु भयो ।
घुम्ती स्वास्थ्य शिविरमा चिकीत्सकबाट विरामीहरुको स्वास्थ्य जाँच , स्वास्थ्य परामर्श, आधारभूत औषधि उपचार, गम्भीर प्रकृतीका कोभिड–१९ विरामीहरुको उद्धार तथा अस्पताल सम्म पु¥याउन यातायातकाे व्यवस्था गरिएकाे छ ।
यस्तै कोभिड–१९ को लक्षण भएका विरामीहरुको लागि एन्टीजेन जाँच तथा पी.सी.आर जाँचको लागि रिफर पनि गरिने बताइएकाे छ ।