तुलसीपुरनगर जेसिजले पश्चिमदाङका काेराेना अस्पताललाई नगद तथा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ ।
‘मानवाताको सेवा नै जिवनको सर्बोत्तमा कार्य हो’ भन्ने जेसिजको मुल मन्त्रलाइ आत्मसाथ गर्दै तुलसीपुरनगर जेसिजले थालेको अक्सिजनको लागी सहयोग संकलन अभियानबाट बचेको रकमबाट पश्चिमदाङका काेराेना अस्पतालहरुलाई केहि नगद तथा स्वास्थ्य सामग्री सहयोग गरिएको जेसिज अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) ले जानकारी दिनुभयाे ।
अध्यक्ष भट्टराईका अनुसार बुधवार पश्चिमदाङका तुलसीपुर मेट्रो अस्पताल, दंगिशरण काेराेना अस्पताल, शान्तिनगर काेराेना अस्पताल र बबई काेराेना अस्पताललाई विभिन्न किसिमका स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे हाे ।
तुलसीपुर काेराेना अस्पतालाइ १ थान स्मार्ट टिभि, ५ प्याकेट माक्स, ५ लिटर सेनिटाइजर र २० कार्टुन पानी सहयोग गरिएको हाे ।
त्यसैगरि दंगीशरण गाउँपालिकाको कोभिड अस्पताललाई उपचाररत बिरामीको लागि खाना नास्ताको लागी नगद दश हजार, ५ लिटर सेनिटाइजर, ५ प्याकेज माक्स र १६ कार्टुन पानी वितरण गरिएको हो ।
त्यस्तै बबई गाउँपालिकाको कोरोना अस्पताललाई उपचाररत बिरामीको लागि खाना र नास्ताको लागि दश हजार सहयोग, ५ लिटर सेनिटाइजर , ५ प्याकेज माक्स र १६ कार्टुन पानी र शान्तिनगर कोरोना अस्पताललाई १७ कार्टुन पानी, ५ लिटर सेनिटाइजर , ५ प्याकेज माक्स हस्तान्तरण गरिएको कार्यक्रम संयोजक प्रवेश भुषालले बताए । बबईमा हिमाल डाँगीकाे पहलमा स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे हाे ।