वन प्राविधिक समाज दाङले घाेराहीका ५ अति विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ । विभिन्न स्थानमा सहयाेग गर्दै आएकाे वन प्राविधिक समाज दाङले काेराेना महामारीका समस्या परेका घाेराहीका ५ अतिविपन्न परिवारलाई सहयाेग गरेकाे समाजका सुनिल बस्नेतले जानकारी दिनुभयाे ।
वन प्राविधिक समाज दाङका साैगात अधिकारीकाे नेतृत्वमा गएकाे एक टाेलीलाई साे परिवारलाई प्रति परिवार १ बोरा चामल ५ किलो दाल, २ किलो नुन र २ लिटर तेल राहत स्वरुप सहयोग गरेकाे हाे । दाङभरका वन प्राविधिकहरुको साझा संगठन वन प्राबिधिक समाज दाङले आफ्नो प्राविधिक पाटो संगसंगै यस कोरोना महामारी र लकडाउनको विपत्तिले गर्दा दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई परेको समस्यालाई ख्याल राख्दै वहाहरुको दुख सुखको सारथि बन्न केहि सानो प्रयास स्वरुप खाद्यान्न तथा राहत वितरण कार्यक्रम संचालन गर्दै आएकाे संयाेजक ज्ञान वहादुर रावतले बताउनुभयाे । यस महान अभियानमा सहयोग गर्ने देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयाेगीदाताले वन प्राविधिक समाजदाङका संयाेजक ज्ञान वहादुर रावतकाे नम्वर९८२८८९७७३२ र ९८६५१७४१७० सम्पर्क गर्न आग्रह गरिएकाे छ ।