२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

मलेसियाबाट युवाले पठाएकाे रकम स्वर्गिय संगिताकाे परिवारलाई हस्तान्तरण

दाङ बबई गाउँपालिका २ दाङकी स्वर्गिय संगिता शर्माकाे परिवारलाई मजदुर एकता समाज मलेसियाका अध्यक्ष
राम प्रसाद सुवेदीकाे पहलमा संकलित ३६ हजार बढि रकम हस्तान्तरण गरिएकाे छ ।
बबई २ निवासी शालिकराम शर्मा कि छाेरी संगिता शर्माकाे दुबै मृगौलामा समस्या देखिएपछी उपाचारका लागि माेटाे रकम लाग्ने तर परिवारमा आर्थिक अभाव भएकाे खबर सुन्ने बित्तिकै बबई गाउँपालिका वडा नं ५ पदमपुर घर भै हाल मलेसियामा रहनुभएका नेपाली मजदुर एकता समाज मलेसियाका अध्यक्ष तथा रेडियो कार्यक्रम मुक्तक माधुरीका सञ्चालक राम प्रसाद सुबेदी संगमले मलेसियाबाट संगिता शर्मा बचाउ अभियान थाल्नु भएको थियाे तर बिडम्बना अभियान थालेकाे दाेस्राे दिनमै उनकाे निधनकाे खबर भएकाे थियाे ।

संगितालाई बचाउन नसके पनि परिवारको घाउँमा मलम लगाउने हेतुले नेपाली मजदुर एकता समाज मलेसियाका अध्यक्ष तथा रेडियो कार्यक्रम मुक्तक माधुरीका सञ्चालक सुबेदी संगमकाे पहलमा दाङ लगायत विभिन्न जिल्लामा स्थायी ठेगाना भई हाल मलेसियालाई कर्मथलाे बनाएका नेपाली श्रमिकहरुबाट जम्मा गरी पठाएकाे रू ३६४६५
रकम आज स्वर्गियता संगिताकाे परिवारलाई हस्तान्तरण गरिएकाे हाे ।
बबई गाउँपालिका वडा न २ का वडा अध्यक्ष सेखर सर्मा समाजीक अभियान्ताहरु झुपलाल बुढा क्षेत्री, राम बहादुर वली, शिब शर्मा, यकलाल केसी लगायतको उपस्थितिमा स्वर्गिय संगिता परिवारलाई हस्तान्तरण गरिएकाे थियाे।

संगिता शर्मा बचाउ अभियानमा हाल मलेसियामा रहेका सहयाेग युवाहरूले मलेसियन रिङगेट बबई ५ पदमपुरका राम प्रसाद सुबेदी ´संगम` ले आर.एम १०१, बबई ७ दाङका खुसिराम चाैधरी ´निमेष`ले आ.एम ७५, बबई ५ पूर्व हापुरेका शेर बहादुर ठाडा ( भाेटेकाे एक्का ) आर.एम १५०, बबई ४ हापुरेकम अनिल के.सी.ले आर.एम १०१, तुलसीपुर ३ का भिम केसीले आर.एम १११, बबई ५ हापुरेका सिर्जना सानुले आर.एम २५०, बबई ४ हस्तनापुरका सन्दिप बिश्वकर्मा ´ निश्चल आँशु’ आर.एम. १११.११, बबई ५ पदमपुरका ओम प्रकाश भुसाल आर.एम ५१, त्रिबेणी २ नुवागाउ राेल्पाका अर्जुन कुमार बुढा आर.एम ५०, बबई ४ हस्तनापुरका सन्देश बिश्वकर्मा आर.एम १०१, घाेराही ११ हापुरका कृष्ण राेका ‘अलपत्र’ ले आर.एम ५०, कमलामाई ५ सिन्धुलीका भक्त कार्कीले आर .एम ५०,बबई गा.पा २ भरतपुरका बिजय के.सीले आर .एम ६१, बबई ७ कालितराका सुन्दर वलीले आर.एम ५० गरी मलेसियन रिङ्गेट १३१२.११ जम्मा नेपाली रू ३६४६५ रकम पठाएका थिए ।