२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

शान्तिनगर १ का २१ परिवारलाई खाद्यान्न वितरण

समस्त शान्तिनगर युवाद्धारा संचालित काेराेना सचेतना कार्यक्रम अन्तर्गतकाे फुड बैंकमा जम्मा भएकाे खाद्यान्न सामाग्री आज शान्तिनगर १ का २१ अति विपन्न घर परिवारलाई वितरण गरिएकाे छ ।
शान्तिनगर १ का ज्यामिरे, बगिया, रपट, नयाँबस्तीका २१ अति विपन्न घर परिवारलाई सहयाेग गरिएकाे कार्यक्रम व्यवस्थापक प्रदिप अधिकारीले जानकारी दिनुभयाे ।

शान्तिनगर गाउँपालिका वडा नं १ मा रहेका अति विपन्न खाद्यान्न वितरणमा सहयाेग हाेस भन्ने उद्येश्यले छहरा अनलाइनका प्रकाशक तथा स्थानीय समाजसेवी विनाेद वलीले नगद ३ हजार रकम सहयाेग गर्नुभएकाे छ ।

काेराेना महामारी राेकथाम तथा नियन्त्रणका लागि जिल्लामा जारी लकडाउनका कारण समस्यामा परेका दैनिक मजदुरी गरी खाने अति विपन्न परिवारलाई खाद्यान्न वितरणमा थप सहयाेग भनेर राहत वितरण स्थलमा सहयाेग गरेकाे समाजसेवी वलीले बताउनु भयाे ।

कार्यक्रम व्यवस्थापक प्रदिप अधिकारीकाे नेतृत्वमा समस्त शान्तिनगर युवाद्धारा संचालित काेराेना सचेतना कार्यक्रम अन्तर्गतकाे फुड बैंकमा जम्मा भएकाे खाद्यान्न शान्तिनगरका विभिन्न टाेलमा पुगेर वितरण गरिदै आइएकाे छ ।
हाल सम्म शान्तिनगरका ७१ अति विपन्न घर परिवारलाई खाद्यान्न सहयाेग गरिएकाे कार्यक्रम व्यवस्थापक अधिकारीले जानकारी दिनुभयाे ।

आजकाे खाद्यान्न वितरण कार्यक्रममा शान्तिनगर युवा सन्जालका अध्यक्ष कर्नदिप देबकोटा , ग्रान्ड युथ क्लब अध्यक्ष बिरसिङ थापा, सचिब शिबराज ओलि, नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रिय सभापती प्रमाेद बस्नेत , छहरा अनलाइनका प्रकाशक बिनोद वली , सुरेन्द्र जि.सि, सन्दिप अधिकारी लगायतकाे सहभागितम रहेकाे थियाे ।