२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

छहराकर्मी वलीद्धारा स्थानीय अति विपन्नका लागि सहयाेग

दाङ शान्तिनगर गाउँपालिका वडा नं १ घर भएका छहराकर्मी विनाेद वलीले स्थानीयवासीका लागि समस्त शान्तिनगर युवाद्धारा संचालित काेराेना सचेतना कार्यक्रम अन्तर्गतकाे फुड बैंकमा नगद रकम सहयाेग गर्नु भएकाे छ ।

शान्तिनगर गाउँपालिका वडा नं १ मा रहेका अति विपन्न खाद्यान्न वितरणमा सहयाेग हाेस भन्ने उद्येश्यले छहरा अनलाइनका प्रकाशक तथा स्थानीय समाजसेवी विनाेद वलीले कार्यक्रमका व्यवस्थापक प्रदिप अधिकारीलाई
नगद ३ हजार रकम सहयाेग गर्नुभएकाे हाे ।

काेराेना महामारी राेकथाम तथा नियन्त्रणका लागि जिल्लामा जारी लकडाउनका कारण समस्यामा परेका दैनिक मजदुरी गरी खाने अति विपन्न परिवारलाई खाद्यान्न वितरणमा थप सहयाेग भनेर राहत वितरण स्थलमा सहयाेग गरेकाे समाजसेवी वलीले बताउनु भयाे ।