विश्वव्यापी काेराेना महामारीकारण दाङ पनि आक्रान्त भइ रहेकाे छ । काेराेना राेकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनकारण अति विपन्न परिवारलाई साँझ विहान छाक टार्न समस्या परि रहेकाे याे विषम परिस्थितिमा नेपाली कांग्रेस दाङले विभिन्न स्थानमा खाद्यान्न सहयाेग गर्दै आएकाे छ ।
नेपाली कांग्रेस दाङले बिपत ब्यवस्थापन समिती गठन गरि विभिन्न सहयाेगी नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट जम्मा भएकाे नगद तथा खाद्यान्नले विभिन्न स्थानका अतिविपन्न परिवारलाई सहयाेग गर्दै आएकाे छ ।
यसैविच नेपाली कांग्रेसले बबई गाउँपालिका वडा नं ३ का २५ अति विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेकाे छ ।
नेपाली काङ्ग्रेसका युवा नेता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाह, वडा सदस्य अजय बुढाथोकी, क्षेत्रीय प्रतिनिधिहरू होम प्रकाश गौतम, झलक केसी, पुर्ब शिक्षक सदस्य मेघराज रेउले लगायतकाे टिमले साे परिवारलाई खाद्यान्न सहयाेग गरिएकाे हाे ।
साे अवसरमा नेपाली कांग्रेस बबईका कोषाध्यक्ष गोपिलाल केसी र नेपाली कांग्रेस बबई ३ का सभापती प्रेमलाल नागवागकाे रहेकाे थियाे ।