२०७८ भाद्र २६ गते शनिवार
२०७८ भाद्र २६ गते शनिवार

नयाँ जीवन दिदै निर्णय उपचार तथा पुर्नस्थापना केन्द्र

निर्णय उपचार तथा पुर्नस्थापना केन्द्र एउटा नाफा रहित गैर सरकारी सामाजिक समावेशी संस्था हो ।
यसको स्थापना २०६७ सालमा भएको हो र विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गरिएको छ र समाज कल्याण परिषद् काठमाडौमा यसलाई आवद्ध गरिएको छ ।

यस संस्थालाई दाङ जिल्ला प्रसाशन कार्यालयमा २०७४ साल चैत्र ४ गते शाखा दर्ता गरिएको हो । यस संस्थाले ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ८ लामाटारमा, नवलपरासी र दाङमा पुर्नस्थापना केन्द्र संचालन गदै आइरहेकोमा हाल सम्म ७०० जना भन्दा बढि लागु पदार्थ प्रयोगकताहरुलाई सफल उपचार गरी पुर्नस्थापन गरी उनीहरुको जिवन स्तर उकास्न र समाजमा उत्पादक सदस्य बनाउन अहम भुमिका निर्वाह गर्दै आइरहेका छ ।

लागु पदार्थ प्रयोगकर्ताहरुलाई फेरी समाजमा पुर्नस्थापित गर्नको लागि आध्यात्मिक जागरण कार्यक्रमहरु समेत संचालन गर्दै आएको र साथै उपचारको क्रममा रक्त परिक्षण द्धारा एच.आई.भी. संक्रमण देखिएको खण्डमा संक्रमित व्यतिहरुलाई उचित सल्लाह, सुझाव, परामर्श, उपचार तथा सम्वन्धित निकायमा प्रेषण र पुर्नस्थापना समेत गर्दै आइरहेको छ ।

साथै यस संस्थाले अति गरिव विपन्न वर्गका लागु औषध तथा मादक प्रदार्थ प्रयोगकर्ताहरु लाई निशुल्क उपचार सेवा पनि दिदै आएको छ । यस संस्थाले २०७२ वैशाख १२ र २९ गते को महाभुकम्प पछि Save the children global fund र राष्ट्रिय एच.आई.भी. महासंघ को सहयोगमा भुकम्पले प्रभावित रामेछाप तथा दोलखा जिल्लामा भुकम्प पिडित विपन्न परिवार तथा एच.आई.भी. संक्रमितहरुको राहतको लागि आर्यआजन कार्यक्रम संचालन गदौ आइरहेको छ । यस संस्थाले नेपाल सरकारसंग पनि साझेदारी गरी दाङ जिल्लामा पनि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस संस्थाको प्रमुख उदेश्य भनेको लागूपदार्थ प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सिर्जना गरी उनीहरुलाई पुनस्र्थापनाको बाटोमा ल्याई विभिन्न सिपमुलक तालिम दिई युवा स्वरोजगार तर्फ उन्मूख गर्ने वातावरण सिर्जना गर्ने यसका साथै लागु औषध दव्र्यसन विरुद्ध स्कुल, कलेज, समाजमा विभिन्न किसिमका सचेतना कार्यक्रमहरु संचालन गरी लागु औषध दुव्र्यसनका बारे सचेत गराई लागु औषध मुक्त घर,समाज अनि राष्टको निर्माण गरी नेपाल सरकारको घोषण गरेको लागु औषध न्युनिकरण अभियानमा सघाउने रहेको छ ।

यो संस्था स्थापना काल देखि नै दाङ को घोराही १५ रतनपुर मा अवस्थित रहेको र हाल यो संस्था यही २०७८ बैशाख महिनादेखि दाङ जिल्ला घोराही १७ स्थित कर्जाहीमा १० कट्ठा क्षेत्रफल भएको स्थानमा सरेको छ । संस्था सर्नुको मुख्य उदेश्य उपचारमा रहेका लागु औषध प्रयोगकर्ताहरुलाई रमणिय फराकिलो एवम स्वच्छ शान्त बातावरणमा उपचार प्रदान गर्नुका साथै कृषि सम्बन्धि तालिम दिई कुखुरापालन, बाखा्रपालन तरकारी खेती तर्फ उन्मुख गराई रोजगारी प्रदान गर्नुका का साथै उनीहरुको व्यक्तित्व विकासका एवम खेलकुद विकास गर्नु रहेको छ ।

संस्थाका अध्यक्ष श्री विशाल गिरी का अनुसार लागु औषध प्रयोगकर्ताहरु लाई उपचार मात्र दिएर उनीहरुलाई पुर्नस्थापित नहुने बरु उपचार का सगँसँगै उनीहरुलाई स्वरोजगार बनाउन सकेमात्र उनीहरु घर समाजमा पुर्नस्थापित हुने भएकाले उनीहरुलाई कृषि तर्फ उन्मुख गराउने संस्थाको उदेश्य रहेको छ ।