जिमिन नेपालले लकडाउनका कारण समस्यामा परेका शान्तिनगरका ७९ अति विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरेकाे छ ।
काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणका लागि जिल्लामा जारी लकडाउनका कारण साँझ विहान छाक टार्न समस्या परेका शान्तिनगर ५,६ र ७ नं वडाका ७९ अति विपन्न घर परिवारलाई खाद्यान्न सहयाेग गरिएकाे जिमिन नेपालका प्रतिनिधि शिवराज चाैधरीले जानकारी दिनुभयाे ।
आज शान्तिनगर ७ का ३० घर परिवारलाई खाद्यान्न वितरण गरिएकाे चाैधरीले बताउनु भयाे । वडा नं ७ का वडाध्यक्ष पिमलाल वलीकाे सहकार्यमा पनि खाद्यान्न वितरण गरिएकाे थियाे ।
यस्तै हिजाे शुक्रबार शान्तिनगर ५ र ६ का ४९ घर परिवारलाई खाद्यान्न वितरण गरिएकाे थियाे । सुवास स्मृति उपभाेक्ता सहकारी संस्थाकाे समन्वयमा हिजाे प्रति परिवार २० केजी चामल, ३ केजी मिक्स दाल सहयाेग गरेकाे हाे ।