२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

दारी ग्याङद्वारा खाद्यान्न सहयोग

दारी ग्याङ दाङ द्वारा सन्चालित फुड बैकं कार्यक्रम अन्तर्गत आज घोराही र तुलसीपुर गरि १३ घर परिवार लाई सहयोग गरिएको छ। अभियान अन्तर्गत मजदुर, विपन्न एकल तथा अपाङ्ग परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

लकडाउनमा अति विपन्न परिवार रोगले भन्दा भोकले मर्ने र आफुले आफैमा परिवारीक चिन्ता अवस्था सिर्जना हुन लागेको भन्दै दारी ग्याङ दाङले यो अभियान सञ्चालन गरेकाे हाे । आजकाे कार्यक्रम अन्तर्गत तुलसीपुर उपमाहनगरपालिका १७ मज्गै का ३ घर परिवार , घोराही ११ मज्गै का २ घर परिवार , घोराही वडा नम्बर २ सुन्पुर का ६ घर , र घोराही उपमाहनगरपालिका वडा नम्बर २ मा २ घर लाई सहयोग गरेको कार्यक्रम संयोजक प्रख्यात सुवेदी ले बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएर विहान वेलुका छाक टार्न समेत समस्या परेका घोराही वडा नं १७ र ११ का परिवार पनि सहयाेग गर्ने कार्यक्रम रहेकाे छ । दारी ग्याङ दाङ समुहले प्रति परिवार चामल, दाल, नुन र तेल खाद्यान्न सहयोग गरेको छ।