२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

प्रगतिशिल साथ अभियानद्वारा शिबमन्दिर परिसरमा वृक्षारोपण

तुलसीपुर उपमाहनगरपालिका वडा नं ७ पर्सनी स्थित प्रगतिशिल साथ अभियानले शिबमन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।

वातावरण दिवसकाे अवसरमा साे स्थानमा विभिन्न प्रजातिका विरूवा रोपिएको अभियानका संयाेजक चिरञ्जीवी रेग्मीले जानकारी दिए ।

बृक्षारोपन कार्यक्रममा सामाजिक सङ्घसंस्था, अभियानका सम्पुर्ण सदस्य, अस्थायी प्रहरी पोस्ट पर्सेनी लगायत उपस्थिति रहेको थियो । अभियानमा नयाँ सदस्य नारायन भण्डारी र अर्जुन बिकलाई स्वागत गरिएको थियो ।

साथै तुलसीपुर र ७ राजापुर का २ घर परिवारलाई खाद्यान्न सहयाेग गरिएकाे प्रेस सल्लाहकार कृष्ण अधिकारी जानकारी दिए ।