२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

थप ३,४७९ जनामा संक्रमण, ६,६३६ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको छ। जसबाट ३ हजार २४ जनामा संक्रमण भएको र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षणबाट ४ सय ५५ जनामा संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएका छन्। उही अवधिमा ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

आज काठमाडाैं उपत्यकाका १ हजार १ सय ३१ जनामा कोरोना संक्रमण भएको जनाइएको छ। यस्तै ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित देशभर रहेका पनि मन्त्रालयले प्रेस ब्रिफिङमार्फत बताएको छ।