२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

हापुरे प्राथमिक अस्पतालकाे प्रमुखमा डा. झा नियुक्त

दाङकाे बबई गाउँपालिकाकाे हापुरे प्राथमिक अस्पतालकाे प्रमुखमा डाक्टर राजिव झा नियुक्त भएका छन् । बंबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पाैडेलले आज औपचारिक रूपमा डा. झालाई अस्पतालकाे प्रमुखमा नियुक्त गरेका हुन् ।
बबई गाउँपालिकाबासीले गुणस्तरिय स्वास्थ्य सेवा पाउने आशा लिइएकाे छ ।
डा. झा हाल हापुरेमा रहेकाे माता मनकाना पाेलिक्लिनिकमा कार्यरत छन् ।