दाङमा ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिकलाई आज देखि काेराेना विरूद्धकाे खाेप ‘भेराेसिल खाेप’ लगाउन सुरू गरिएकाे छ ।
जिल्लाका दशवटै पालिकामा आज २५ गते र भाेलि भाेलि २६ सम्म गते सम्म काेभिड – १९ विरूद्धकाे पहिलाे डाेज ‘भेराेसिल खाेप’ लगाइने स्वास्थ्य शाखा दाङले जनाएकाे छ ।
दाङका दशवटै पालिकाले ताकेकाे स्वास्थ्य संस्थामा विहान १० बजे देखि खाेप सुरू भएकाे सम्वन्धित गाउँपालिका स्वास्थ्य शाखाले जनाएका छन् । खाेप बेलुका ४ बजे सम्म लगाइने छ ।