२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

शिक्षा क्षेत्रमा पुगेन अझै पनि खोप

कोरोना भाईरस बिरुद्धको खोप अझैसम्म शिक्षकहरुले लगाउन पाएका छैन्न । नेपालको संबिधान २०७२ को मौलिक हकको धारा ३५ मा स्वास्थ सम्बन्धि ब्यबस्था छ । मौलिक हक कार्यान्वयन गर्ने दायित्व सरकारको हो । नागरिकहरुले स्वास्थ सम्बन्धि अधिकारको सहि ढंगले उपयोग गर्न पाउनु पर्छ । त्यति मात्र होईन कोभिड नियन्त्रण तथा रोकथाम सम्बन्धि ऐनको ब्यबस्था गरिएको छ । तरपनी सयौ बिद्यार्थीका माझमा अध्यापन गराउने शिक्षक बन्चित भएका छ्न ।

नेपालमा पुस १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको हो। खोप लगाउने संख्या पहिलो चरण २१ लाख १३ हजार ८० र दोश्रो चरणमा ६ लाख ९१ हजार ४ सय ९४ जना छ्न ।
खोपले ७० प्रतिसत भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता भएको दाबी गरिएको छ ।
सरकारी बिद्यालयमा २७ हजार ८ सय १३ जना,नीजि बिद्यालायमा ६ हजार ७ सय ३२ र धार्मिक बिद्यालयमा १ हजार १ सय २१ गरि ३५ हजार ६ सय ७४ बिद्यालय छ्न । ती बिधालय मध्ये २ लाख ३० हजार १ सय १० जना सरकारी बिद्यालय र नीजि बिद्यालयमा ९० हजार ४ सय ६६ गरि ३ लाख २० हजार ५ सय ७६ जना शिक्षक कर्मचारी कार्यरत छन ।
ती मध्ये कोरोनाका कारण ज्यान गुमानेको संख्या १२६ बढी पुगेको छ ।
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या यो भन्दा बढी हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

पहिलो चरणको खोप शिक्षा क्षेत्रले पाएन

कोभिड १९ विरुद्धको खोपको पहिलो चरणमा स्वास्थ्यकर्मी, त्रिभुवन विमानस्थलमा कार्यरत कर्मचारी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव वाहन चालक, वृद्धाश्रमममा बस्ने र उनीको स्याहार गर्ने कर्मचारीलाई खोप लगाइएको छ ।
जेलका कैदी र उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले समेत पहिलो चरणमा खोप लगाएका छन् । तर यो चरणमा पनि शिक्षक परेन्न । बरु कोरोना संक्रमनबाट थिलो थिलो भएका पीडा सामाजिक संजालमा पोस्ट गर्ने भने शिक्षकहरुले छोडेनन । ज्यान गुमाउने शिक्षकको संख्यामा कमि भएन ।
भारत सरकारले अनुदानमा दिएको १० लाख खोप लगाईएको छ ।

दोश्रो चरणको खोप
दोश्रो चरणको खोपका लागि सरकारले पेसाका आधारमा जोखिम क्षेत्रमा काम गर्नेहरुको पहिचान गर्यो । दोश्रो चरणमा अग्रपक्तिंमा खटिने प्रहरी, सेना, सशस्त्र प्रहरी, नगरपालिकाले नियुक्त गरेका नगर प्रहरी, यातायातकर्मी, हवाई यातायातमा कार्यरत क्याबिन क्रु, एयरपोर्टमा कार्यरत कर्मचारी, बैंक, मालपोत, नापी, खानेपानी, विद्युत र सञ्चारमा कार्यरत कर्मचारीलाई खोप लगाउने सरकारले सुची तयार पार्यो ।
दोश्रो चरणको खोप लगाउने प्राथमिकताको सुचीमा ५५ वर्ष उमेर समुहभन्दा माथिका नागरिकलाई पनि राखियो । तर यो लिष्ट फेरि पनि परेनन ।
चीनले नेपाल सरकारलाई ५ लाख खोप अनुदानमा दिंने प्रतिबद्धता जनाएको छ भने भारतबाट २० लाख खोप खरिदका लागी अघि बढायो ।

तेश्रो चरणको खोप
२०७७ माघ २४ गते पहिलो र माघ ३० गते दोस्रो चरणको खोप अभियान सकिएको छ। तेस्रो चरणको खोप अभियान फागुन ८ गतेसम्म संचालन गर्यो ।
भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा सुरु भएको खोप अभियान २०७८ फागुन ८ गतेदेखि तेस्रो चरणमा प्रवेश गरेको हो।
स्थानीय तहका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी,पत्रकार,स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु,सिमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मी,स्वास्थ्य स्वयंसेवक,एम्बुलेन्स तथा शववाहन चालकहरु,शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड-१९ खोप लगाईयो ।
खोप लगाउन जाँदा सबैले आ-आफ्नो कार्यालयको परिचयपत्र लिएर जानुपर्ने मन्त्रालय जनाएको छ। तर शिक्षकले प्राप्त गरेको नेपाल सरकारको परिचयपत्रको कुनै अर्थ रहेन ।

६२-६४ बर्ष उमेरलाई खोप
जेठ २५ गते बाट चिनियाँ भेरोसेल १० लाख खोप ६२-६४ बर्ष उमेर समुहका ब्यक्तिलाई पहिलो मात्रा दिइँदै छ ।
यसअघि पहिलो मात्रा पनि छुटेका ६२देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै जेठ २५ गते ६४,जेठ २६ गते ६३,जेठ २७ गते ६२,जेठ २८ गते ६१ र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।
जेठ २५ गते देखि ६२-६४ बर्ष उमेरलाई खोप
यसअघि कोभिडको संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २२ वैशाखको र जिल्ला विपत् व्यवस्थापन केन्द्रको २५ वैशाखको निर्णयअनुसार काठमाडौं लगायत आधा दर्जन बढी जिल्लामा जेठ २ गते बाट कोभिड १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको थियो ।

झन्डै ५ लाख निको भए
२०७८ जेठ २४ गते सम्म पीसीआर टेस्ट ३१५५०६४, एन्टिजेन टेस्ट ७५८५२,निको ४,९७९६० अर्थात ८४.२ प्रतिशत छ । मृत्युु हुने ७९९० जना छ्न ।
होमआईसोलेसनमा ७८,३६४,संस्थागत आईसोलेसन ७१८०,आईसियु १४३४ र भेन्टिलेटरमा ३९७ जनाले उपचार गराईरहेका स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल शिक्षक महासंघ चरणबद्ध आन्दोलन
तेस्रो चरणको आन्दोलन अन्तरगत जेठ २१ गते कोभिड खोप नलगाई सम्म स्कुल संचालन हुँदैन भन्दै दबाब, जेठ २३ शिक्षक कर्मचारीका माग मुद्दा र सम्झौता र अहिलेको बजेट बाट सृजित बिभेदलाई विभिन्न संचार माध्यम बाट दबाब शृजना गर्नु पर्ने, जेठ २५ गते २० सेकेन्डको टिक्ट्क बनाएर भिडियो साबर्जनिक गर्नु पर्ने, जेठ २७ गते अनलाइन अन्तरक्रिया गर्ने,जेठ २९,३१ र असर ३ गते सम्म महासंघको आधिकारिक पोस्ट लाई हरेक शिक्षक कर्मचारीले आ आफ्नो सामाजिक संजाल बाट दबाब दिनुपर्ने,असर ५ गते अनलाइन मूल्याकंन बैठक, असार १० गते चौथो चरणका अन्दोलनको घोषणा गर्ने भएका छ्न ।

आशा पलायो बिमा बाट
स्थानीय तहले बिमा गराएका तर असार सम्म म्याद भएका शिक्षा क्षेत्रका शिक्षक कर्मचारीले बिमाबाट भने राहत पाउदै आएका छ्न । कोरोना संक्रमीत भएका ब्यक्तिले बिमा बाफतको रकम पाउने गरेका छ्न । नेपाल सरकारको स्वामित्वको नेपाल बिमा संस्थान लिमिटेडमा बिमा गराएका ब्यक्तिले पीसीआर टेस्टको रिपोर्ट, सम्बन्धि वडाको सिफारिस र शिक्षा शाखाको पत्रका साथ आबश्यक कागजात पेस गरेको केही समयमा बिमा सहजै पाउने गरेका शिक्षकहरुले बताउछन् । अन्य बिमा कम्पनीले पनि सम्झौता अनुसारको बिमा रकम प्राप्त गर्दै आएका छ्न ।

लेखक दाङका बरिष्ठ पत्रकार तथा मानव अधिकार तथा शान्ति समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष हुन ।