२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

तुलसीपुर ११ द्वारा अक्सिजन कन्सर्नट्रेटर स्वास्थ्य चाैकीलाई हस्तान्तरण

तुलसीपुर ११ नम्बर वडा कार्यालयले अक्सिजन कन्सर्नट्रेटर लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य चौकी बेल्टाकुरालाई हस्तान्तरण गरेको छ । तुलसीपुर ११ नम्बर वडा कार्यालयले खरिद गरेका अक्सिजन कन्सर्नट्रेटर, अक्सिजन सहितका सिलिन्डर, फेस शिल्ड,, मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु उरहरि स्वास्थ्य चौकि बेल्टाकुरालाई हस्तान्तरण गरेको हो । वडा अध्यक्ष चित्र बहादुर वलि लगायत जनप्रतिनिधि तथा कर्मचारिहरुले संयुक्त रुपमा स्वास्थ्य चौकिका प्रमुख चित्र वलि लगायत स्वास्थ्य चौकिका कर्मचारीहरुलाइ उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सर्नट्रेटर जडान भएपछि अब अक्सिजन लगाउनुपर्ने बिरामिहरुलाइ सहज हुने स्वास्थ्य चौकिका प्रमुख चित्र वलिले जानकारि दिनुभयो । उहाँका अनुसार अक्सिजन कन्सर्नट्रेटर , अक्सिजन सिलिन्डर तथा कोभिड १९ बिरुद्धको अभियानमा आबश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुको अधिक्तम सदुपयोग गरि बिरामिहरुलाइ सेवा दिइनेछ । अब आप्तकालिन अक्सिजन लगाउनुपर्ने बिरामिहरुको लागि सहज हुने भन्दै वडा सदस्य सुबास डागिले अब स्वास्थ्य चैकिको सेवा थप गुणस्तरीय हुने अपेक्षा गरिएको बताउनुभयो ।

आफुहरु जनप्रतिनिधि बनेर आएपछि यसअघि नै स्वास्थ्य चौकिमा ल्याब सेवा सुचारु भैसकेको समेत वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो।