२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

करेन्ट लागेर ३ बर्षीय बालकको मृत्यु

झापामा करेन्ट लागेर ३ बर्षीय बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट डम्बरबहादुर गुरुङका ३ वर्षीय छोरा अभिनाश मृत्यु भएको प्रहरी जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।