२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

दाङमा थप ५९ जनामा कोरोना संक्रमण, ९६ जना संक्रमण मुक्त

दाङमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एक सय जनामा परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन संचालन केन्द्रले जानकारी दिएको छ । जसमध्ये २७ महिला र ३२ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै तुलसीपुरका २२, घोराही २१, लमहीको ८, गढवाको ३, शान्तिनगरको २ राप्ती र बबईको १/१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै संक्रमित मध्य होम आईसोलेसनमा ४२० जना रहेका छन् भने १५ जना सघन कक्ष (आईसियू) मा उपचाररत छन् । त्यस्तै ९८ जना सामान्य उपचारमा रहेको केन्द्रले जनाएको छ । त्यस्तै आज ९६ जना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको केन्द्रले बताएको छ ।