२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

‘परिबर्तनशील साथ’ अभियानद्वारा १८ घरपरिवारलाई खाद्यान्न सहयोग

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको परिवर्तनशील साथ नामक अभियानले लकडाउनमा समस्यामा परेका १८ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ। तुलसीपुर ७ अन्तरगत पर्ने गुहारखोलाका ६, डाबरका ६, राजापुरका ३, डाडापातुका १ र कालाखोलाका २ घर परिवारलाई सहयोग स्वरुप चामल, नुन, तेल, दाल, सोयाबिन सहयोग गरेको अभियानका प्रेस सल्लाहकार कृष्ण अधिकारीले जानकारी दिनुभयो।

लकडाउनका समयमा कोही अप्ठेरोमा परेको भए यस अभियानलाई खबर गर्न सक्ने संयोजक चिरञ्जीवी रेग्मीले बताउनुभयो। यसअघि अभियानले वडा नम्बर ७ मा रहेको शिबमन्दिर परिसरमा विश्व बाताबरण दिबसको अबसरमा बृक्षारोपन कार्यक्रम पनि गरेको थियो। ‘गरिब दुः खीको सुख बिसाउने चौतारी, समाजका हरेक सरकारी आयोजनाहरुमा खबरदारी” भन्ने मुल नारा लिएको अभियानले गतवर्ष बन्दाबन्दीमा दाङदेखि पर्बतका पहिरो पीडितलाई सहयोग गरेको थियो ।