२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

बबईमा ३८० जना जेष्ठ नागरीकले कोरोना विरुद्धको लगाए खोप

दाङको बबई गाउँपालिका ३८० जना जेष्ठ नागरीकले कोरोना विरुद्धको खोप लगाएका छन् ।

जेठ २५ गते र २६ गते सम्म संचालन भएको ६२ बर्ष ६४ बर्ष उमेर समूहका ३८० जेष्ठ नागरीकहरुले कोरोना विरुद्धको भेरोसिल नामक खोप लगाएको बबई स्वास्थ्य शाखा उप प्रमुख शरदराज गिरीले जानकारी दिनुभयो ।

बबईको पञ्चकुले स्वास्थ्य चौकी, पुरन्धारा स्वास्थ्य चौकी तथा गंगते आधारभुत स्वास्थ्य केन्द्रमा संचालन भएको कोरोना विरुद्धको खोपमा १८५ जना महिला र १९५ जना पुरुष जम्मा ३८० जना जेष्ठ नागरीकले लगाएको उपप्रमुख गिरीले बताउनुभयो ।