२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

माेटरसाइकल एक आपसमा ठाेकिदा वडा सचिव सहित दुई जना घाइते

पश्चिम दाङमा दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा शान्तिनगर ५ का वडा सचिव सहित दुई जना घाईते भएका छन् ।
तुलसीपुरबाट पश्चिम तर्फ जादै गरेका रा ६ प २९०३ नम्वरको मोटरसाईकल र सोहि दिशा तर्फ गईरहेको रा १ प १९५० नम्वरको मोटरसाईकल शान्तीनगर ५ बैशा नजिकै विहान ११ बजे ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि रा ६ प २९०३ नम्वरको मोटरसाईकल चालक शान्तिनगर ५ का वडा सचिव २५ बर्षिय रोमहर्ष केसी र रा १ प १९५० नम्वरको मोटरसाईकल चालक दंगशिरण ७ बस्ने २५ बर्षिय हरि बहादुर भण्डारी घाईते भएका छन् ।

केसीको टाउको र भण्डारीको दाया खुट्टामा भाचिएकाे छ । घाईते केसीकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र भण्डारीकाे थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकाे शान्तिनगर ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभयाे ।