बबई गाउँपालिकाको आइसोलेसनका लागि ग्रामीण महिला उत्थान केन्द्र घोराहीको सहकार्य र हेफर ईन्टरनेशनल नेपालले ११ लाख सहयोग गरेको छ ।
बबई गाउँपालिकाले संचालन गर्दै आएको हापुरे प्राथमिक अस्पतालको आइसोलेनको व्यवस्थापनका लागि सो रकम सहयोग गरेको सहयोगी संस्थाले बताएका छन् ।
ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहकार सोगतबिर चौधरीले पालिका अध्यक्ष भुबनेश्वर पौडेल र निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहनलाल दाहाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।