२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घरवासविहीन दलबहादुरलाई गिट्टी सहयोग

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ खैरिपुर निवासी घरवासविहीन दलबहादुर बिकको घर बनाउन सोही ठाउँमा रहेको भाग्य लक्ष्मी क्रसर उद्योग प्रालिले गिट्टी सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर हुँदा घरवास विहीन भएका दल वहादुरको घर बनाउन गिट्टी सहयोगको प्रालिका प्रवन्धक चेत कान्त आचार्यले बताउनुभयो । घरमा अन्य कमाउन सदस्य कोही पनि नभएकोले घर बन्न सकेको छैन । उहाँको अहिले घर बनाउनका लागि आर्थिक संकलन समेत सुरु भएको छ स्थानीय मदन वि.क. मुस्कानले बताउनुभयो ।