दाङको बबई गाउँपालिकाका विद्यालयले विद्यार्थीको परीक्षाफल प्रकाशित गरेका छन् । बबई गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाको निर्देशन अनुसार विद्यालयहरुले परीक्षाफल प्रकाशित गरेका हुन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणलागि जिल्लामा लकडाउन भएपछि विद्यार्थीले परीक्षा दिन पाएका थिएनन् ।
विद्यार्थीले गरेको पहिलो परीक्षा तथा विद्यार्थीको आन्तरिक मुल्याङकनका आधारमा परीक्षाफल प्रकाशित गरिएको सिद्धेश्वरी आधारभूत विद्यालय सिमलकुनाका शिक्षक नेव वहादुर डाँगीले बताउनुभयो । बबईका विद्यालयले परीक्षाफल प्रकाशित गरी विद्यालयमा टाँसेका छन् ।