फाइल तस्वीर
लगातार परेको भारी बर्षाका कारण राप्ती नदीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै नारायणी र मनखोलामा पनि पानीको बहाव बढेको छ । अहिले गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परिरहेको छ । महाशाखाले बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा चेतावनी पनि जारी गरेको छ ।