२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

 बाढीले वितण्डा मच्चाएको मेलम्चीको अवस्था तस्बिरमा

 

सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याउँदै तहसनहस बनाएको छ ।
बाढीका कारण सयौँ मानिस बेपत्ता भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

अहिले त्यस क्षेत्रमा खोज र उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । त्यस्तै सेना, प्रहरी, जनप्रतिनिधिलगायतको टोली पनि खटिएका छन् ।

सिन्धुपाल्चोकले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्दै आइरहेको छ । बाढी र पहिरोका कारण जनधनको क्षति बेहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले अघिल्लो वर्ष विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो । सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि विपद् प्रतिकार्यको काम प्रभावकारी हुन सकेको छैन ।

मेलम्चीको अवस्था तस्बिरमा