२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

तुलसीपुर बेलुवा देखि दमारगाउँ हुदै सल्यान लुहाम सडकखण्ड हिलाम्मे

दाङको तुलसीपुर बेलुवा देखि दमारगाउँ हुदै सल्यान लुहाम सडकखण्ड बर्षाका कारण हिलाम्मे र खाल्डाखुल्डी भएको छ ।
सडक  बर्षाका कारण हिलाम्मे र खाल्डाखुल्डी हुँदा सवारी साधन चल्न सकेका छनैन् । सवारी साधन चल्न नसक्दा स्थानीयलाई बजार आउन र विभिन्न काममा समस्या परेको महालक्ष्मी टोल विकास संस्थाका कोषाध्यक्ष तुलसी केसीले जानकारी दिनुभयो ।

सो सडक भएर विरामी हुँदा एम्बुलेन्स समेत गाउँमा जान समस्या परेको छ । पटक पटक सो सडकको बारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि चासो नदिएको स्थानीयबासीहरु बताउछन् । सम्बन्धित निकायले ध्यान नदिएको भन्दै महालक्ष्मी टोल बिकास संस्थाले सडकमा गिट्टी हाल्ने जनाएको छ । स्थानीयबासीलाई समस्या परेको भन्दै टोल बिकास संस्था बाटो बनाउन तयारी गरेको कोषाध्यक्ष केसीले बताउनुभयो ।