२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

शान्तिनगरका ९१ घर परिवार खाद्यान्न सहयोग

समस्त शान्तिनगर युवा परिवाद्धारा संचालित कोरोना सचेतना कार्यक्रम अन्तर्गत तेस्रो चरणको खाद्यान्न सहयोग कार्यक्रममा ९१ घर परिवारलाई राहत वितरण गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको लकडाउनका कारण समस्यामा परेका शान्तिनगर गाउँपालिका भित्रका ९१ अति विपन्न परिवालाई खाद्यान्न सहयोग गरिएको कार्यक्रम व्यवस्थापक प्रदिप अधिकारीले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुर, अशक्त, अपाङग लगायत अति विपन्न परिवालाई खाद्यान्न वितरण गरिएको हो ।

पहिलो चरण सचेतनामुलक कार्यक्रम, दोस्रो चणमा स्वास्थ्य सामाग्री खरिद तथा शान्तिनगर आइसोलेसनमा उपचारत कोरोना संक्रमित विरामी र विरामी कुरुवालाई निशुल्क नास्ता र तेस्रो चरणमा खाद्यान्न वितरण गरिएको व्यवस्थापक अधिकारीले बताउनुभयो । देश तथा विदेशमा रहनु भएका विभिन्न देश तथा विदेशमा रहेका सहयोगीदाताको सहयोगबाट सहयोग गरिएको हो ।
हाल सम्म १,२९,१०३ रुपैया सहयोगीदाताबाट सहयोग भएको छ भने विभिन्न सहयोगीदाताले जिन्सी तथा विभिन्न सामाग्री सहयोग गरेको व्यवस्थापक अधिकारीले बताउनुभयो ।

कोरोना महामारीमा सहयोग गर्नुहुने सबै सहयोगीमनलाई कार्यक्रम व्यवस्थापक अधिकारीले धन्यबाद दिनु भएको छ । सबैको सहयोग कारण कार्यक्रम सफल भईरहेको बताउनुभयो । साथै कार्यक्रममा जम्मा भएको रकम पारदर्शी देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।