२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

शारदा नदिको बिचमा अलपत्र परेका १२ जनाको उद्धार

सल्यानको शारदा नदिको बिचमा अलपत्र परेका १२ जनाको सफल उद्धार गरिएको छ। शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको विचमा अलपत्र परेकाहरुको डोरीको सहायताले उद्धार गरिएको हो ।

खेतमा धान रोप्नको लागि बिहान दुई हंगालोको बिचमा पुगेका  उनीहरु शारदा नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेका थिए ।
अलपत्र परेका ती नागरिकहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।