दाङमा बञ्चरो प्रहार गरेर एक जना श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहागनरपालिका वार्ड नं. ३ बेलुवा निबासी ५७ बर्षका मन्कुलाल चौधरीले श्रीमती ४६ बर्षकी स्याना कुमारी चौधरीलाई बुधबार साँझ बेलुकी ५ बजेर बञ्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।बञ्चरो प्रहारबाट गम्भिर घाइते स्यानाको उपचारको क्रममा कोहलपुर मेडिकलकलेज बाँकेमा आज मृत्यु भएको प्रहरीले बताएको छ । उनले टाउकोमा प्रहार गरेका थिए । आरोपी मन्कुलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।