२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

भर्खर निर्माण गरिएको ओखरे खोला सिचाई पक्की बाँध खोलाले भत्कायो

दाङ शान्तिनगर गाउँपालिका वडा नं. ७ धनौरामा भर्खर निर्माण गरिएको ओखरे खोला सिचाई पक्की बाँध लगातारको बर्षाका कारण आएको खोलाले भत्काएको छ । २ लाख ५० हजारमा वडाको बजेटबाट भरखर निर्माण भएको ओखरे खोला सिचाई पक्की बाँध योजनाको काम फर्चौट नहुदै सिचाई बाँध खोलाले भत्काएको छ ।

सो योजना निर्माण क्रममा उपभोक्त समितिले कमसल खालको निर्माण सामाग्री प्रयोग गरेका हुनाले खोलाले भत्काएको स्थानीयबासीले गुनासो गरेका छन । योजनाको इष्टमेट भन्दा कमसल खालका सामाग्री राखेर निर्माण गरेकाले खोला भत्काएको स्थानीयबासीको दावी रहेको छ ।

यता ओखरे खोला सिचाई बाँध निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलौ चौधरीले इष्टमेट अनुसार नै काम भएको तर लगातारका अत्याधिक बर्षाका कारण आएको खोलाले पक्की बाँध भत्काएको बताउनुभयो । आफ्नै खेतका लागि पनि आवश्यक पर्ने सिचाई बाँध कमसल खाल नबनाएको चौधरीको दावी छ । कमसल खालको निर्माण सामाग्री भन्दा पनि प्राकृतिक प्रकोपका कारण यस्तो समस्या भएको चौधरीले बताउनुभयो ।