२०८० साउन १० गते बुधवार
२०८० साउन १० गते बुधवार

तुलसीपुरको नीति तथा कार्यक्रम सार्वजनिक

दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुर  उपमहानगरको नवौं नगर सभामा नगर प्रमुख घनश्याम पाण्डेले ३८७ बुँदे नीति तथा कार्यक्रम सार्वनजिक गर्नुभएको हो ।

कृषी उत्पादन वढाउन दक्ष जनशक्ती सेवा (विमा, तालिम, विउविजन) र पूर्वाधारको विकास तथा विस्तार, कृषि बिद्युत मिटर प्रयोग गरी सिचाई गर्ने कृर्षकहरुलाई फागुन देखि जेष्ठ सम्मको बिद्युत महशुल १०० प्रतिशत छुट गरि मकै, घाँस र बेमौसमी खेतीलाई पबद्र्धन गरिने भएको छ ।

हरेक वडामा कृषी तथा पशु सेवा ईकाई स्थापना गरी एक वडा–एक प्राबिधिकको व्यवस्था गरिनेछ । ‘पशुपंक्षीको नश्लसुधार आम्दानी र रोजगारीको आधार’ भन्ने अभियान अन्तर्गत नश्लसुधारका लागि कृतिम गर्भाधारण कार्यक्रमलाई निशुल्क र प्रभावकारी बनाइनेछ । साथै पशु उपचारका लागि आबश्यक औषधिहरु निशुल्करुपमा उपलब्ध गराइनेछ । कृषकसंग पशु स्वास्थ्यकर्मीस्थलगत भेटघाट” कार्यक्रम संचालन गरिने छ ।