दाङको बबई गाउँपालिका थप २१ अति विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
बबईका युवाहरूले संचालन गरेको “कोरोना बिरामी लाई पौष्टिक आहारा र अक्सिजन सिलिन्डर खरिदमा मेरो ५०० सहयोग” अभियानमा जम्मा भएको रकमबाट दैनिक मजदुरी साँझ विहान छाक टार्ने तर लकडाउनका कारण समस्या परेका बबई ४,५ र ६ का २१ अति विपन्न घर परिवारलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरिएको हो ।
सो अवसरमा अभियानका संयोजक देव वली, रामु वली, प्रेम वली, प्रताप घर्ती, झुपु क्षेत्री, याम प्रसाद बोहोरा, घनश्याम घिमीरे लगायतको सहभागिता रहेको थियो ।
यस अभियानबाट बबईका विभिन्न वडाका अति विपन्न परिवारलाई सहयोग गरिदै आइएको छ ।