२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राजनीतिमा सकारात्मक परिवर्तनका लागि आध्यात्मिकता


राजनीतिमा सकारात्मक परिवर्तनका लागि आध्यात्मिकता
समाज केबल राजनीतिक दुराग्रहबाट उत्पन्न अनेक दलहरुको संग्रहले मात्र चल्दैन । जहाँ सिद्धान्त विहीन राजनीतिमा, व्यक्तिगत स्वार्थ र पदलोलुप व्यक्तिहरुको ध्येय सिद्धिका लागि स्वतन्त्रताको नाममा अनेकौ पार्टीहरुको जन्म हुनु श्रेष्ठ समाजको मापदण्ड होइन । समाज त अमूर्त छ जो प्रेम, सद्भावना, आपसी भ्रातृत्व, नैतिकता एवं मानविय मूल्यहरुको साहारामा संचालित हुने गर्छ । एउटा प्रगतिशील एवं श्रेष्ठ समाजको सन्दर्भमा कुरा गर्ने हो भने यीनै मूल्यहरुले परिभाषित हुन्छ । आज यीनै मूल्यहरुको केबल अभाव मात्र होइन भयंकर अकाल परेको छ । राजनीतिक जगतबाट नै राष्ट्रको विकास र उन्नतिका लागि आधारभूत ढाँचा तयार हुने गर्छ भने आजका राजनीतिज्ञहरु एक आदर्श राजनीतिक मापदण्डको सीमामा रहेर कार्य गर्नुको साँटो नाताबाद, कृपाबाद, दलगत स्वार्थ र राजनीतिक पुर्वाग्रहले पीडित प्रतिशोधको भावनाले ग्रस्त कुत्सीत राजनीतिमा ज्यादा रुची लिने गर्छन् ।

एक श्रेष्ठराजनीतिज्ञको विचार र व्यवहार उदार हुनु पर्छ, जो अनेक भिन्न भिन्न राजनीतिक सिद्धान्त, धर्म, भाषा, जाति या लिंगमा आधारित भेद तथा पूर्वाग्रह र व्यक्तिगत स्वार्थ, संकुचित विचार, बन्धनहरु, तथा घृणा–द्वेष आदि देखि माथी उठेर प्रत्येक नागरिक समाजका प्रति आफुलाई जिम्मेवार एवं उत्तरदायी सम्झेर देश र राष्ट्रको सेवामा सपर्पित हुन्छ । आफुलाई एक सेवकको रुपमा प्रस्तुत गर्छ न कि जनताबाट प्राप्त अधिकारको नशामा आएर मानवताका प्रति सहानुभूति राख्नुको सट्टा स्वयंलाई स्वामी मान्न थाल्छ । अतः प्रत्येक मनुष्य–मस्तिष्कमा दृश्य वा अदृश्य रुपमा विद्यमान संसारका सर्वमान्य विचार एवं सिद्धान्तहरुलाई व्यवहारिक जीवनमा लागु गरेर समाजको सर्वांगिण विकास गर्नु नै आध्यात्मिक शिक्षा यानी युक्त विशुद्ध राजनीतिको मूल ध्येय हो ।
धर्मनिरपेक्ष प्रजातन्त्रमा धर्म, आध्यात्मा र राजनीति
आध्यात्म धर्म भन्दा अलग छ, आध्यात्म मूल्य र सद्गुणहरुको भण्डार हो । यसले व्यक्तिको मस्तिष्कलाई सार्वभौमिक प्रेम, सेवाभाव र अहिंसाको भावनाले भरपूर गरीदिन्छ । आध्यात्मको मार्गमा लागेका मानिसहरुको मन शान्त र सन्तुष्ट रहन्छ जसले समाजमा समरसता उत्पन्न गराउछ । अतः राजनीतिलाई वर्तमान नकारात्मकता देखि बचाउनु छ भने त्यसको एउटा मात्र विकल्प हो आध्यात्मिकता । आध्यात्मबाट राजनीतिलाई नैतिक आधार मिल्दछ । राजनीतिलाई राजकाज चालाउने विज्ञान र कला मानिन्छ । यसले जनताको ईच्छा र ऊनीहरुको विचारहरुको अभिव्यक्तिको मार्ग प्रदान गरेर शिक्षा, पर्यावरण, आर्थिक मामलाहरु, प्रतिरक्षा तथा विकास जस्ता समाजका लागी महत्वपूर्ण उद्देश्यहरुमा नीतिहरु तथा योजनाहरुलाई क्रियान्वित गरी समाज सेवा गर्ने एक बाटो प्रसस्त गर्दछ ।
हाम्रो प्रजातान्त्रिक मुलूक सामाजिक विविधताले श्रृंगारियको छ ,संविधानमा जनतालाई धार्मिक स्वतन्त्रता दिइएको छ । यसैले नै हाम्रो राजनीतिक व्यवस्थालाई धर्म निरपेक्ष भनिन्छ । तर धर्म निरपेक्षताको व्यवस्था अनेक तरिकाले गरिएको पाइन्छ । पश्चिमी मुलूकमा हाम्रो देशमा जस्तो धेरैै अनेकौं धर्म–सम्प्रदाय, मान्यता र मतमतान्तरहरु छैनन् । त्यहाँ यस शब्दको सामान्य अर्थ लगाईन्छ कि सरकार धार्मिक मामलामा कुनैपनि दखल दिने छैन तर भारत र नेपाल जस्ता देशहरुमा जहाँ अधिक संख्यामा जनताहरु अशिक्षीत छन ,जहाँ विभिन्न समुदायहरुमा साना साना कुराहरुमा पनि झै–झगडाको सम्भावना बनीरहन्छ । यस्तो परिस्थितिमा सरकारबाट ठूलो सावधानीको अपेक्षा राखिन्छ । ताकि कुनै पनि कदम उठाउदा कसैको धार्मिक भावनालाई चोट न पुगोेस् तथा सरकारलाई धर्मिक भेदभावको आरोप नलागोस् यसैलाई नै धर्म निरपेक्षताको अर्थ लगाइन्छ कि सरकार कुनै धर्मको मदद वा प्रोत्साहनका लागी कुनै काम नगरोस् । वास्तवमा भन्ने हो भने आज व्यवहारमा यस्तो देखिदैन ।

धर्म र रिलिजन (पन्थ) लाई एउटै मान्नु गलत हो । भनिन्छ धर्मको अर्थ हुन्छ मूल्य, कर्तव्य । अंग्रेजी शब्द रिलिजन नेपाली वा संस्कृतिको शब्द धर्मको साँचो अथवा सटीक अनुवाद पाइन्छ र दुईवटै शब्दलाई समानार्थी वा प्रायवाची मान्न सकिन्छ । धर्म शब्द को अर्थ हुन्छ मूल, स्वभाव, कर्तव्यबोध वा गुण जो मनुष्यको भित्र उत्पन्न गरिन्छ । धर्मको यस अर्थ लाई ध्यानमा राखेर सरकार यदि धर्मलाई प्रोत्साहन दिन्छ भने कसैलाई कुनै आपत्ति हुन सक्दैन चाहे सेकुलरबाद वा गैर सेकुरबाद किन नहोस् कसैले पनि भन्न सक्दैन कि सरकारलाई नैतिक, सामाजिक र मानविय मूल्यहरुको प्रोत्साहन गर्नु हुदैन भनेर । किनकी सरकार यदि सबै दैवीगुणहरुबाट आफ्ना सम्पूर्ण सम्पर्क–विच्छेद गर्दछ भने उसले अराजकता र अपराधलाई नै आमन्त्रण गरेको हुन्छ । जनता चाहन्छ कि सरकार नैतिक मूल्यहरुको संवर्धनमा केबल निष्क्रिय भूमिका न निभावस् ताकि कानूनी व्यवस्थालाई दिगो राख्नका निम्ति जनताहरुमा उच्चनैतिक गुणहरुको पे्ररणाका लागि कानुन बनाइनु पर्छ र शिक्षा प्रणालीमा नैतिक र सामाजिक मूल्यहरुलाई शामिल गरिनु पर्छ ।

सदाचार र ज्ञानको नाम आध्यात्मा हो
आध्यात्मको अर्थ प्राय समाजमा प्रचलित धार्मिक आस्थाहरुसंग जोड्ने गरिन्छ, तर दुबै अलग–अलग विषय हुन । प्रचलित धार्मिक आस्थाहरुमा अनेक प्रकारका कर्मकाण्ड र पुजापाठका तैरतरिकाहरु अनुष्ठान र सरसमान शामिल रहन्छन । यसको विपरित आध्यात्ममा यस्ता किसिमका केही कुराहरु हुदैनन् । भएको खण्डमा केवल नाम मात्र हुन्छन । आध्यात्मको मुख्य विषय हो–मूल्य, सद्गुण र तार्किक आध्यात्मिक विश्वास । यसबाट व्यक्तिलाई आत्म ज्ञान प्राप्त हुन्छ । आत्माले बुद्धिलाई व्यापक बनाउछ यसको परिधिमा समग्र संसार (विश्व) आउँछ । यसमा अतिवाद, धृणा, वा हिंसाका लागी कुनै स्थान नै छैन यसैले कुनै पनि धर्म निरपेक्ष सरकारका लागी अध्यात्म देखि अलग वा सम्बन्ध विच्छेद गरेर रचनाको कुनै तार्किक आधार नै सम्भव छैन । यदि यस्तो खाले अलगाओबादि नीति उसैको पतन वा सिघुटन र दुर्बलताको कारण बन्न सक्छ । आध्यात्मलाई सर्बधर्महरुको सार्बभौमिक केन्द्र भन्न सकिन्छ । यो बुद्धिको सार हो, आध्यात्मिकताको विलोम हो घोर अनैतिकता जो अस्वस्थ प्रतिस्पर्धा र स्वार्थको वीजारोपण गर्दछ । जसमा अस्तित्वकोे संधर्ष जन्म लिन्छ । अध्यात्मबाट नै समरसता र शान्ति मिल्न सक्छ । संसारमा प्रचलित सबै धर्म आफ्ना सच्चा इमानदर धर्माबलम्बिहरुलाई शान्ति र सन्तोष प्रदान गर्छन । सबै प्रचलित धर्म खराब पनि हुदैनन् । हर धर्ममा धेरै जसो सकारात्मकता पाइन्छ । सबै धर्म हरुको उद्देश्य व्यक्तिलाई पवित्र र श्रेष्ठ नागरिक बनाउनु हो । तर समयको अन्तरालको साथ–साथै प्रत्येक धर्ममा केही दोष उत्पन्न हुदै जान्छ । यसैले नै कुनै धर्मलाई पूर्ण रुपले खारिज गर्नु उचित हुदैन । यदि कुनै धर्म आफ्ना अनुयायीहरुलाई कुनै अर्को धर्म वा धर्माबलम्बिहरुका विरुद्ध उक्सााउछ र तलवार, खुकुरी, बन्दुक उठाउने प्रोत्साहन दिन्छ भने त्यो धर्म कदापी हुन सक्दैन ।

वास्तवमा धार्मिक कट्टरवादी एवं उन्मादि वा जेहादमा संलग्न व्यक्तिहरुलाई गुह्य धर्मिक अनुभवहीन भन्न सकिन्छ । ऊनीहरु त केबल नारा लगाउने काम मात्र गर्छन र धेरै छिटो उक्सावमा आएर आक्रमण शुरु गर्ने काम गर्छन । यस्ता प्रवृतिका मानिसहरु नै वास्तवमा धर्मका शत्रुहुन । यस्ता खाले दिग्भ्रमित धार्मिक उन्मादिहरुका कारण संसारमा अनेकौ रक्तपात भए । यसै कारणले नै जब धेरै मानिसहरु भन्दछन् कि धर्म र राजनीतिलाई आपसमा मिलाउनु हुन्न किनभने उनीहरुको यस भनाईमा धर्मको यही पृष्टभूमी रहेको हुन्छ ।
यसको विपरित आध्यात्म यी सबै दुर्गुणहरु बाट मुक्त छ । यो आध्यात्मिक पे्रम, अहिंसा, स्नेह, सादगी ईमानदारी, अनाशक्त, विनम्रता र सेवाको सम्मिश्रण हो । यसलाई सम्झिन कठिन छैन । किनकि यदि राजनीतिको केन्द्रमा आध्यात्म राख्न सकियमा सबै कुरा सुध्रीन सक्छ र संसार अधिक सुखमय हुनसक्छ । राजनीति कुनै पर्टी मात्र न भएर यदि साच्किै समाजको सेवा गर्ने हो भने राजनीतिमा अध्यात्म हुनु पर्छ ।

राजनीति र राजनीतिज्ञहरुको भूमिका र दायित्व
राजकाज र राजनेता कुनै पनि सभ्य समाजका लागी अनिवर्यता छ । तथपि राजनीतिज्ञहरुको नैतिकताको स्तरलाई उँचो उठाउनु अति आवश्यक छ । किनकि तब मात्र केही नेताहरुका अपराधिक कार्यहरुबाट सम्पूर्ण राजनीतिक वर्गको भैरहेको बदनामिलाई टाल्न सकिन्छ । मिडिया (पत्रकारीता)मा उनीहरुका विरोधमा छापिने अनापसनाप कुराहरुलाई रोक्न सकिन्छ । सार्वजनिक जीवनलाई स्वच्छ राख्नका लागी नैतिक मूल्यहरुका मार्गमा चल्न र साधना गर्नुको अलावा अरु कुनै विकल्प नै छैन ।

दायित्व
सरकार चलाउनु र मंत्रालयहरुलाई सम्भाल्नु जस्ता अत्यान्त महत्वपूर्ण भूमिका राजनेताहरुलाई नै निभाउनु पर्ने हुन्छ । प्रजातान्त्रीक व्यवस्थामा यो भन्दा अरु कुनै विकल्प र्नै छैन । जस्तै भारतका प्रधानमन्त्री पण्डीत जवाहरलाल नेहरुले सन १९९५ मा ग्वालियरका कलेज छात्र–छात्राहरु र बुद्धिजीवीहरुलाई सम्बोधन गर्दै भनेका थिए– प्रजातन्त्र सरकारको सबै भन्दा राम्रो रुप हैन तर पनि यो सरकारका उपलब्ध विकल्पहरुमा सर्वोत्म छ । लोकतन्त्र वा प्रजातन्त्रमा जनताका प्रतिनिधिहरुलाई कानून बनाउने र सरकारलाई जनईच्छा बमोजीम चलाउनुका साथै शिक्षा, स्वास्थ्य, पर्यावरण, उद्दोगधन्दा, खेतिवाडी, वित्तव्यवस्था, प्रतिरक्षा, विदेशनीति, जनसंख्या, बिजुलीपानी र आवासनिवास जस्ता अनेक प्रकारका आवश्याक र महत्वपूर्ण विषयहरुमा नीतिहरुमा एवं कार्यक्रमहरुको निमार्ण र त्यसको कार्यान्वयन गर्नु पर्दछ । यसबाट स्पष्ट हुन्छ कि नेताहरुको भूमिका र उत्तरदायित्व कति महत्वपूर्ण छ ।

मिलेर कार्य गर्ने सहयोग गर्ने र स्थिारता ल्याउने कुराको आवश्यकता
सरकार संचालनमा जुडेका विभिन्न कार्यहरुलाई देख्दा लाग्छ कि ती कार्यहरु एक अर्कामा जोडिएर रहेका हुन्छन । यसैले ती कार्यहरुलाई सम्हाल्नेवाला राजनीतिज्ञहरुका विच आपसी समन्वय, परामर्श र उनीहरुमा एक सामुहिक रुपमा मिलेर कार्य गर्नु पर्ने आवश्यकाता हुन्छ । आपसि कलह र खिचातान गर्नाले राजकाजमा प्रभावित हुन्छ । यसैगरी मन्त्रीहरुका गद्धिहरु संधै नै बदलिरहे भने देश प्रगतिको दौडमा पिछडिएर जान्छ । यसै कारणले नै नेपाल आज सबै भन्दा निर्धन राष्ट्र भएको हो यसको कारण हो मतभेद, बईमानी, जिम्मेवार व्यक्तिको कमी, प्रबन्धकिय गडबडी, स्वार्थ तथा देश सेवाको भावना नहूनु । यसैको कारण आज देशको दुर्दशा भएको छ ।

दुई प्रकारका राजनीतिज्ञ
राजनीतिमा यस्ता व्यक्तिहरु पनि छन जसको राजकाजमा भाग लिने र नेतृत्व गर्ने तथा राजनीतिक कार्यहरुमा अभिरुचि राख्छन् तर राजनीतिमा मुख्य दुई प्रकारका राजनीतिज्ञ हुन्छन ।
१ ईमानदार, देशभक्त र आत्मचिन्तन गर्ने जो राजनीतिज्ञ हुन्छन उनीहरुलाई राजनीतिक क्षेत्रमा कुद्ने प्रेरणा भित्रै देखि नै उत्पन्न हुन्छ । किनकि उनीहरुको मनमा राजनीतिलाई लिएर एक सपना हुन्छ, एउटा ईच्छा हुन्छ देशमा रहेको गरीब, दलीत र शोषित वर्गका लागी केही गरौंला भन्ने । उनीहरु सत्तामा आएको खण्डमा मानवाधिकार न्याय, महिला–सम्मान जस्ता महान कार्यहरुलाई पनि आफ्नो हातमा लिन सक्छन । उनीहरुमा देशबासीहरुको क्षमतालाई देखेर उत्साहा पैदा हुन्छ । उनीहरुमा देशलाई विश्वको माझमा सम्मान जनक स्थान दिलाउनेको सपना संजोएको हुन्छन ।
२ यसका विपरित केही यस्ता खाले व्यक्तिहरु प्नि हुन्छन जो राजनीतिको ढोका सम्म त लुकिछिपी प्रवेश गरिहाल्छन जबकि उनीहरुमा नैतिक चरित्र नै हुदैन यस्ता व्यक्ति अत्यन्त महत्वाकांक्षी हुने गर्छन । यस्ताखाले राजनीतिज्ञ आफ्नो पार्टी र समुदाय वा वर्गको उपयोग आफ्नो स्वार्थका लागि मात्र गर्ने गर्छन ।
नैतिक पतनः– आजको समस्या भनेको मात्र आर्थिक अपराधहरुमात्र न भएर हाम्रानेताहरु र माफिया अपराधि गिरोहहरुका विच संधिका अनेकौं रिर्पोटहरु छन । अनेकौं ठूला–ठूला नेताहरुका विरुद्ध न केवल आर्थिक अपराधका मामला दर्ज छन बल्कि अनेक प्रकारका नैतिकमूल्य पतनका कथाहरु पनि जोडिएका छन । जस्तैः– दंगा, सामुहिक हत्या, बलात्कार परश्रीगमन आदि ।

धन्धाखारीको मीडियामा प्रचार
प्रायजसो राजनीतिज्ञ वा प्रख्यात मानिएका व्याक्तिहरुमाथी जनताको दृष्टि टीकेको हुन्छ । यसर्थ कुनै भ्रष्टाचारमा उनीहरुका विरुद्ध छापिएका कुराहरुले समाजमा दुष्प्रभाव पर्छ । जसरी सेनीमाका कलाकारहरुले लगाएका पोशाकका प्रभावले समाजमा फैशन बदलिन्छ त्यसरीनै नेताहरुका कार्यहरु प्रति आम जनताहरुका मनमा राम्रो या नराम्रोका प्रति रुजान बढ्ने गर्छ । त्यसैले चरित्रवान राजनीतिज्ञ जनताहरुलाई सही दिशामा प्रवृत्त गर्न सक्छन । तर यदि नेताहरु नै अपराधि र भ्रष्टाचारी छन भने जनताहरुमा निराशा पैदा हुन्छ

सिद्धान्तहरुका विना अधिकार
इलेक्ट्रानिक मिडियाको ठूलो बजेट व्याय नेताहरुको चर्चा परिचर्चामा सर्वाधिक हुने गर्दछ । चर्चाका विषय भनेका पार्टी भित्रको कलह दलबदल नेताहरुका विरुद्ध अदालतमा मुद्धा र मामलाहरुका कारवाही नेताहरुको विचमा आपसी मारपीट र अस्थिरताका समाचारहरु ।
यस प्रकार मिडियाले नकारात्मक कुराहरुको प्रचारमा नै आफ्नो हित देख्न थालेकोले नै राम्रो राजनीतिज्ञहरुलाई मिडियामा स्थान मिल्दैन । उनीहरुको रचनात्मक कार्यहरुको चर्चा सम्म पनि हुदैन । यस्ता पनि नेताहरु छन जो स्वयं चुनावी राजनीतिमा हुन्नन् तर रिमोट कन्ट्रोलको राजनीति भने गर्छन । यस्ता खाले सत्ताका दलाल जो एजेन्टहरुका माध्यामबाट कार्य गर्ने गर्छन । यसप्रकार राजनीतिमा ठूलो शक्तिको कोष लुकेको हुन्छ । तर सिद्धान्त छैन भने पुरा खेल नै विग्रिन्छ । जसरी कुनै निर्देशित प्रमाणु प्रक्षेपास्त्र दिग्भ्रमित व्यक्तिहरुका हातमा परेको खण्डमा विनाशकारी सावित हुन्छ । ठीक त्यसरी नै सिद्धान्तहीन राजनीतिज्ञहरुका हातमा शक्ति आयो भने देशको सर्वनाश पनि हुन सक्छ ।
त्यसैले नै राजनीतिज्ञहरु र अन्य सवै व्यक्तिहरुका लागि यही समय छ कि उनीहरु आफ्ना चिन्तन प्रवृति, जीवन शैली र कार्य संस्कार तिर ध्यान दिउन यो कुरा सनातन मूल्यहरु र योग साधनाका माध्यमबाट मात्र सम्भव छ । किनकि विश्व संस्कृतिमा सनातन दैवी सम्प्रदायको अद्वितिय योगदान रहेको छ

नागरिक योग्यता र अधिकारको सिद्धान्त
नागरिक समाज यो विश्वासमा सन्निहीत छ कि प्रत्येक मनुष्यमा विशाल सम्भावनाहरु विद्यमान छन् र अवसर पाएको बेलामा त्यो कुरा उनीहरुको व्यवहारमा देखिन थाल्छ । आफुलाई महान र अरुलाई निकृष्ट सम्झिनु केवल अहंकार मात्र हो । एउटा भनाई प्रसिद्ध छ कि हर साधुको एक अतित र हर अपराधिको एक भविष्य हुन्छ । यसै कारण हामीमा एक निम्न भन्दा निम्न एक व्यक्तिको पनि सेवा गर्ने भावना हुनु पर्छ र सवैको सम्मान पनि गर्नु पर्छ । यदि हाम्रो व्यवहार यो सिद्धान्त अनुरुप निर्देशित छैन भने यस समाजमा अवमानना तथा विद्रोहका प्रवृतिहरुको उदय हुन्छ । टकराओ तथा विखराओकोे स्थिति पैदा हन्छ । यदि हामी कसैको योग्यतामा विश्वास गर्दैनौ भने सबैलाई समान अवसर पनि दिन सक्दैनौं । केबल नकारात्मक चिन्तन नै गर्न सक्छौं । सदभाव कसरी बढ्न सक्छ ? हामीहरु दरिद्र नारायणको सेवा गर्नका लागी उत्पे्ररित, अभिप्रेरित कसरी हुन सक्छौं ? हामीहरु दलित र शोषित मानवका आँखाका आसु कसरी पुछ्न सकौला ? र हामी अफुलाई परम् कृपालु भगावानको योग्य सन्तान कसरी मान्न सक्छौं ?

स्तन्त्रता एवं मानवाधिकारको सिद्धान्त
श्रेष्ठतम् शासन व्यवस्था र राजनीतिमा नागरिकहरुलाई केही आधारभूत स्वतन्त्रताका अधिकार त मिलेकै हुन्छ । यसको बिना व्यवस्था अधिनायकबादी भएर जान्छ र सरकार र जन प्रतिनिधिहरु तथा जनताको विचमा दूरी बढ्दै जान्छ । जनतालाई यदि बोल्ने र बहसमा भाग लिनका लागि छुट छ र उनीहरुको मौलिक मानविय अधिकारको ग्यारन्टी छ भने मात्र जनताले राजनीतिज्ञ एवं सरकारको सहयोग गर्नेछन् । यी अधिकारहरुमा सुचनाको अधिकार पनि सामिल छ । मानिस जानकारीको अभावमा राष्ट्रिय महत्वका विषयहरुमा सही तरिकाले चर्चा गर्न सक्दैन । जनतालाई आधारभूत स्वतन्त्रता दिइएन भने उनीहरु सरकारको प्रति आफ्ना दायित्वहरुको विषयमा कहिलै पनि सोच्दैनन् । उनीहरु भित्र असन्तोष र निराशाको भावनाले जन्म लिई सकेको हुन्छ । यद्यपि उनीहरु सरकारको दवाफ र रीति रिवाज र परम्पराको अनुरुप कार्य गर्नका लागि विवश हुन्छन् । अतः उनीहरुको भूमिका एक जड मेशीन सरह रहन्छ । जस्मा कुनै नैतिकता वा आन्तरिक प्रेरणा नष्ट भएर जान्छ तथापि स्वतन्त्रतालाई दवाउने वाला राजनीतिक व्यवस्था व्यक्तिगत विकासका लागि घातक सिद्ध हुन्छ । हिटलरलाई आदर्श मानेर चल्नेवाला राजनीतिज्ञ आफ्नै देश र समाजका लागि वा त्याँहाको राजनितिका लागि अत्यन्त घातक सिद्ध हुन्छन । उसरी प्रत्येक्षरुपमा हेर्दा लाग्छ कि उनीहरु अनुशासन र कुशलता ल्याउने प्रयास गरिरहेका छन् ।
जेम्स. एच. टफ्ट ले सार्वजनिक नैतिक बोध माथी टिप्पणी गर्दै आफ्नो किताब “अमेरिकाको सार्वजनिक नैतिकता”(American social morality ) मा लेखेका छन्ः– देश, वर्ग, कम्पनी, श्रमिक, संगठनबाट आफुलाई बचाएर राख्ने दवाबमा केही न केही हतासा जन्य उपायहरु गर्ने गर्छन् । नैतिक बाद विकासको समस्यामा ठूलो बाधाको अतिरिक्त राष्ट्र र आर्थिक समूहहरुको नैतिकताको समक्ष व्यक्तिको नैतिकता जसमा परिवार छिमेकी र मित्रहरुको प्रति नैतिकता बोध शामिल छ । जसको तुलनामा तीन मुख्य बाधाहरु छन् ।

१ राजनीतिक र आर्थिक समूहहरुको अस्तित्व कुनै विशेष उद्देश्यहरु र हितलाई लिएको हुन्छ जो सर्वोपरी मूल्य ग्रहण गर्ने भएकोले यसले जीवनमा गडबडी उत्पन्न गर्दछ ।
२ राजनीतिक र आर्थिक समूहहरु जब धेरै ठूला आकार लिन्छन् तब ऊनीहरुको व्यक्तिसंग मित्र भाव खतम् भएर जान्छ । जबकि व्यक्तिका लागि परिवार छरछिमेकिसंग सम्बन्धित मूल्य हमेशा अनिवार्य रहुनु पर्छ ।
३ राजनीतिक र आर्थिक समूहहरुलाई सत्ता प्राप्त हुन्छ भने ऊनीहरु कुनै ठूलो मानक अथवा अधिकारीको पनि वास्ता राख्दैनन् र स्वयं नै कानूनका प्रतिपादक बन्दछन् ।
यीनै कारणका प्रतिफल धेरै जसो राजनीतिक पार्टी सत्तामा आउने वित्तिकै बदलाको भावनाले काम गर्न थाल्छन् र सर्वसाधारण जनमानसका अधिकार र स्वतन्त्रताको हनन् गर्ने जस्ता आदेश जारी गर्न थाल्छन् । ऊनीहरु मध्ये केही नेता कुर्सीको आडमा आफुलाई कानून भन्दा माथी सम्झिन्छन् यसैले यस्तो राजनीतिमा आचार संहिताको आवश्यकता हुनु पर्छ जसमा व्यवस्था होस् कि सत्तामा बसेका राजनीतिज्ञहरु जनतालाई ऊनीहरुका अधिकार दिउन र सत्ताको अभियान त्यागुन् ।

सुराज वा स्वराज्यको सिद्धान्त
स्वाधीनताको अर्थ अनैतिकता वा अराजकतासंग छैन, अधिकारको साथ साथ कर्तव्य वा उत्तरदायित्वको पनि आवश्यकता छ । कसैले त्यो परिस्थितिमा मात्र स्वतन्त्रताको माग गर्न सक्छ जुन परिस्थिातिमा अरुको अधिकार माथी अतिक्रमण नहोस् । यस प्रकार अधिकार र कर्तव्य स्वतन्त्रता र अनुशासन तथा नियम र प्रेमको समुचित सन्तुलन हुनु अति आवश्यक छ । राजनीतिज्ञहरुलाई स्वयंका पाँचवटै कर्मेन्द्रियहरु, पाँचवटै ज्ञानिन्द्रयहरु र मनको माथी कानूनको शासन लगाउनु पर्छ । यदि ऊनीहरु सर्वप्रथम् स्वयंलाई अनुशासित राख्न सफल हुन्छन् भने ऊनीहरुका लागी शासन गर्नु कुनै कठीन छैन।
कुनै पनि राजनीतिक व्यवस्थामा यदि कुनै व्यक्ति आफुलाई कानून भन्दा माथी सम्झिन्छ वा कसैले ऊनीहरुलाई कानून भन्दा माथी सम्झिन थाले भने तानाशाही प्रवृतिको जन्म हुन्छ । एउटा राम«ो राजनीतिज्ञ सदैव कानूनी शासनका लागि प्रयत्न गर्छ र औचित्यको ध्यान राख्छ । हर राजनीतिज्ञले सदैव यो कथनलाई याद राख्नु पर्छ कि चाहे म कुनै पनि ठूलो भन्दा ठूलो पदमा किन न रहूँ तर कानून म भन्दा माथी छ ।

कानून निर्माता यदि स्वयं कानून तोड्न थाले भने स्वतः अराजकता उत्पन्न हुन्छ किनभने हरेक सर्व साधारणले पनि देखी देखी कानूनको प्रवाह गर्न छोडी दिन्छन् । यदि विधि व्यवस्था नै छैन भने सरकार पनि रहदैन । यसैले भनिन्छ सरकार वही उत्तम हुन्छ जसले जनतालाई कम निर्देश दिने गर्छ । राजकाजको मूल सिद्धान्त भनेको कानून बनाएर त्यसको अनुपालन गर्नु र गराउनु हो । कानूनको पालनामा राजनीतिज्ञहरुले उदाहरण प्रस्तुत् गर्नु पर्छ । राजनीतिज्ञलाई आफ्नो राजनीतिक शक्तिका बावजुद कहिलै पनि मर्यादाहरुको उल्लंघन गर्नु भएन । ऊनीहरुलाई कर्मको गुह्य गतिको सिद्धान्त थाहा भएको हुनु पर्छ । सातवटा महापापहरु ः काम–पिपाशा, क्रोध, लोभ, मोह, मद, घृणा र प्रतिशोध देखि बच्नु पर्छ । यीनै सातवटा पापहरुबाट नै फौजदारी कानूनका सबै अपराधहरुको मूल निहित छ । आफु स्वयं नै आफ्ना नियम लागु नगरे सम्म हामी स्वराज्य अथवा रामराज्यको प्राप्ति कहिलै पनि गर्न सक्दैनौ ।
जब हामी कानूनको कुरा गर्छौं भने त्यसको अर्थ हुन्छ स्पष्ट र तर्कसंगत, जसको अनुपालन इमानदारी र मानविय ढंगले भएको हुनु पर्छ । तब मात्र जनताले उसको समर्थन गर्नेछन । कानूनमा सबै वर्ग र समुदायहरुको हितको रक्षा हुनु पर्छ र साथमा त्यसलाई अत्याधिक बहुमतको समर्थन हुनु आवश्यक छ । केही नियमहरु त्रुटीपूर्ण पनि हुनसक्छन् जसबाट राष्ट्र वा कुनै वर्गको अहित पनि हुन सक्छ त्यसको विरोधमा आवाज उठ्न सक्छ, त्यसलाई संशोधन गर्नका लागि, हटाउनका लागि जो प्रयास गरिन्छ ती सबै अहिंसा र सद्भावपूर्ण हुनु पर्छ । आन्दोलनको स्थानमा जनजागरणलाई साधन बनाउनु पर्छ ।

लोक सहमति र स्वीकृतिको सिद्धान्त
विनम« सरकार बलको प्रयोग एवं जोर जबरदस्तीको निति अपनाउदैन ,सार्वजनिक पदमा आसिन पदाधिकारीहरुलाई प्रदत्त अधिकारहरुको जन स्वीकृति मिलेको हुन्छ । जन सहमतिको सिद्धान्तको अर्थ हुन्छ जनता कुनै विषयमा छलफल गर्न र आफ्ना विचारहरु व्यक्त गर्ने ईच्छा राख्न सक्छन् र एक पटक निर्णय भैसके पछि उक्त सरकारको समर्थन गर्न तयार हुन्छ । जो ऊनीहरुकै स्वीकृतिका कारण वैधानिक मानिएको हुन्छ । आजको समाजमा सबैको स्वीकृति लिन सम्भव छैन किन भने समाजमा आदर्शको पतन भैसक्यो । तर पनि यसको आवश्यकता छ कि उसले आफ्ना विरोधि मतहरुमा पनि प्रयाप्त मात्रामा ध्यान देओस् अधिकतम् सहमतिको प्रयास हुनु पर्छ र यदि यो कुरा संम्भव छैन भने असहमति राख्नका लागि सम्मान पूर्वक असहमत भएको हुनु पर्छ ।

सामान्य कल्याणको सिद्धान्त
राजनीतिको यो सिद्धान्त जुन विश्वासमा आधारित छ त्यो हो कुनै पनि विषय वस्तुलाई अझैराम्रो भन्दा  राम्रो गर्न सकिन्छ । यसको अर्थ हुन्छ कि सबैले विश्व निर्माणको कार्यमाराम्रो भन्दा राम काम गर्नु पर्छ र एक आपसमा सहयोग पनि गर्नु पर्छ तर यदि सुखद भविष्यकालागि कठीन प्रयत्न गर्ने कुनै उत्साह छैन यसमा दुईमत छैन कि आज चारैतिर पतनको स्थिति छ तर राजनीतिज्ञहरुलाई आशावादी हुनुु पर्छ किनकी अंधकारको अंत विहानीमा नै हुन्छ । नकारात्मक कुराहरुमा समय नष्ट नगरी श्रेष्ठ कर्मका लागि प्रयास गर्दै जानु पर्छ ।
सामान्य कल्याणको सिद्धान्तको अर्को अर्थ हुन्छ कि राजनीतिज्ञहरुलाई कुनै समुहको स्वार्थमा पर्नु हदैन । समुहको स्वार्थलोलुपता अत्यन्त खतरापूर्ण हुन्छ । कुनै राजनीतिज्ञलाई अरु समुहको तुलनामा कुनै एउटा समुहको हितकालागि अगाडी बढ्ने स्वार्थ भावनालाई पालेर राख्नु भएन । जसरी कुनै व्यक्ति आफ्नो परिवारको कल्याणको प्रति निष्ठासंग राष्ट्रको प्रति उसको निष्ठा टकराउन सक्दैन । त्यसरी नै कुनै समुहको प्रति उसको निष्ठा पनि सामान्य कल्याणको सिद्धान्तको मार्गमा बाधा पु¥याउनु भएन
राजनीतिज्ञहरुलाई आफ्नो दलगत हितलाई लिएर राष्ट्रिय हितमा बाधा पु¥याउनु हुन्न । ऊनीहरुले तुच्छ राजनीति र संकिर्ण मानसिकता देखि माथी उठेर काम गर्नु पर्छ ।

सम्झौता र आपसी समायोजन तथा जनसहमतिको सिद्धन्त
प्रत्येक राजनीतिक दलको आफ्नो विचारधारा र आफ्नो नीति हुन्छ । तथा उद्देश्यहरुको प्राप्ति गर्नका लागि आफ्नै तौर–तरिकाहरु हुन सक्छन् । यदि कहिलेकाही कुनै राजनीतिक व्यवस्थामा विभिन्न समुहहरुको विचमा अपसी हीतका सम्बन्धमा ठूलो अन्तर पर्न गएको खण्डमा राष्ट्रको व्यापक हितमा निहित रही आपसी सहमति हुनुपर्छ । एउटा वैविद्यापूर्ण समाजमा आपसी लेनदेनका आधारमा राष्ट्रिय जनसहमति बनाउनूु पर्ने अनिवार्यता हुन्छ । यसकालागि समायोजन, सहृदयता, सहिष्णुता र समन्वय जस्ता मूल्यहरुको आवश्यकताका साथसाथै सवै विचारहरुको सम्मान गर्नु र मैत्रीभाव हुनु पनि अत्यन्त आवश्यक हुन्छ । जो राजनीति टकरावको समाधन गर्न सक्दैन त्यो कमजोर ठहरिन्छ । टकरावलाई निर्मूल पार्नका लागि एउटा मार्ग मात्र छ सम्झौता । सम्झौताको सिद्धान्तलाई अपनाइदैन भने विखराव एवं अलगाओ उत्पन्न हुन्छ । तर प्रश्न के छ भने सम्झौता नै हाम्रो आदर्श सिद्धान्त जसलाई हामी आत्मसात गर्न चहन्छौं , त्यो ओझेलमा त पदैन ? के हामी आफूले चाहेको सैद्धान्तिक तरिका अपनाउन सक्दैनौ ? जो हामीलाई राम्रो लाग्छ । यसको उत्तरमा कहिले काही सम्झौता आवश्यक परिनै हाल्छ । किनकी गतिरोधबाट दंगा–फसाद र विनाशको स्थिति उत्पन्न हुने सम्भावना हुन्छ । सम्झौता कहिले कहि खराव पनि हुन्छन तर यो एउटा सानो त्रुटी हो सम्झौता भन्नाले पूर्ण आत्म समर्पण नभएर यसमा आपसी समायोजन लुकेर रहेको हुन्छ । कुनै सिद्धान्त यस्ता पनि हुन सक्छन कि जसमा हामी कुनै किसिमको सम्झौता नै गर्न सक्दैनौ । सम्झौताको अर्थ मूल्यमा आधारित नभएर केवल एक अर्काको विचारहरु, विवशताहरु, सीमाहरु र आवश्यकताहरुलाई सम्झिनु पर्छ अर्थात् एक अर्काको सौहार्दता आर्जित गर्नु हो ।

उदार लक्ष्य, पवित्र साधन र सुखद परिणामको सिद्धान्त
पार्टीहरुका विचारधारा र काम काजका तरिकाहरु अलग अलग हुन सक्छन । सबै भन्दा महत्वपूर्ण कुरा भनेको उसको लक्ष्य प्राप्तिका लागि पवित्र साधन अपनाउनु पर्छ । ध्यान दिनु पर्छ कि उसका प्रत्येक नीति रीति सबै धरै जसो जनताको भलाईका लागि हुनु पर्छ उसको उद्घोषणा हुनु पर्छ “राम्रो बनौं,राम्रो गरौं” ।

सारांश
अन्तमा हामी यो भन्न चाहन्छौं कि हर व्यक्ति चाहे राजनेता हो या चिकित्सक या अरु कुनैपनि पेशाको, ऊ साँच्चै भन्नेहो भने एक आत्मा हो, उसको एउटै परम लक्ष्य छ, त्यसैले राजनीतिज्ञहरुलाई सम्झिनु पर्ने हुन्छ कि जीवनको नाट्यशाालामा ऊनीहरुको भूमिकालाई राजनीतिको नाम दिइएको मात्र हो तर सत्य कुरा भनेको हामी सबै मानव आत्मा हौं, हामी अफ्नो कार्यका प्रति उत्तरदयी छौं । हामीले आफ्नो परमलक्ष्यलाई भुल्नु हुदैन । हामीले वास्तवमा मनको शुद्धता र वास्तविक शान्तिको आनन्द लिनु पर्छ । जुन आनन्द अध्यात्म र सहजराजयोग साधना बाट मात्र सम्भव छ ।
विचार गरौं एउटा मानिसलाई आफ्नो भुख मिटाउनका लागि कतिका साधनहरुको आवश्यकता छ । रात्रीमा सुत्नका लागि कतिवटा कोठाहरुको आवश्यकता छ ? के कसैले आफ्नो अन्तिम यात्रमा पैसाले भरिएको पेटी लिएर जान सक्छ ? हामीलाई स्मरण हुनु पर्छ कि सार्वजनिक पद व्यक्तिगत सम्पति संग्रह गर्नका लागि होइन नत कुनै गिनेचुनेका व्यक्तिहरुलाई लाभ पु¥याउनका लागि नै हो । हामीलाई एक न एक दिन आफ्नो कर्मको भुक्तान त दिनु नै पर्छ । त्यसैले व्यक्तिलाई सेवा, सादगी, त्याग, आत्मा संयम र शु–सभ्यताको जीवन जीउनु पर्छ । यो नै हाम्रो आध्यात्मिक विरासत या प्राचिन संस्कृतिको सार हो । यदि हामीले यी मूल्य र मान्यतालाई परित्याग गरीदिन्छौं भने हामी आफ्नो देशमा पनि विदेशी हुने छौं । आध्यात्मिक पुरुषहरुलाई र राजनीतिज्ञहरुलाई मूल्यको परिपालन गर्दै आफुबाट एक श्रेष्ठ आदर्श प्रस्तुत गर्नु पर्छ । अस्तु