२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

थप २४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार संक्रमणदर २१।३ प्रतिशत छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।