२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङ – सल्यान सडकखण्ड पाँच दिन पछि खुल्यो

फाइल तस्वीर

लगातार बर्षाका कारण आएकाेले पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग पाँच दिन पछि खुलेको छ ।
दाङ – सल्यान सडकखण्ड अन्तरगत कपुरकोट गाउँपालिका ३ दसरे लगायतका स्थानमा पहिरो आएपछि अवरुद्ध बनेको सडक पाँच दिनपछि शनिबार साँझबाट सुचारु भएको हो ।

असार १ गतेदेखि अवरुद्ध बनेको सडक शनिबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक अवरुद्ध हुँदा धेरै मालबहाक गाडीहरु बिचबाटोमै अलपत्र परेका थिए । पहिराले बाटोमा रोकिएका चार वटा गाडीमा समेत पहिरोले क्षति पु¥याएको थियो । सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पश्चिम, रुकुम पुर्व र रोल्पासम्मको यातायात अवरुद्ध भएको थियो ।