तुलसीपुरका एक युवाले जन्मदिनको अवसरमा बृद्धाआश्रममा गएर जेष्ठ नागरीकलाई फलफूल वितरण गरेका छन् ।
बि.पि. युवा मञ्च तुलसीपुर नगरका अध्यक्ष तथा दाङ पोष्ट अनलाइनका संचालक केशवराज भुसालले आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर १२ रझेनामा रहेको वृद्धाआश्रमका जेष्ठ नागरीकलाई फलफूल वितरण गरेका हुन् । युवा नेता भुषाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा जेष्ठ नागरीकको फलफुल वितरण गरेको बताए । बिगत देखि नै सामाजिक काम गर्दै आएको र आउने दिनहरुमा निरन्तर दिने उनले बताए ।