दाङको लमहीमा धारिलो हतियार देखाउदै लुटपाट र जबर्जस्ति करणी गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन भने २ जना फरार रहेका छन । पक्राउ पर्ने अन्दाजी २०÷२१ वर्षका किरण बुढा रहेका छन भने अन्य २ जना भने फरार छन ।
कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजे राती रा १ ख २४१९ नम्बरको टिप्पर लाई रोकि ३ जनाले धारिलो हतियार देखाउदै लुटपाट गरि जबर्जस्ति करणी गरेको पीडितको आरोप छ ।
‘हामी रोल्पाको होलेरि बाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका थियौ । सिमेन्ट कम्पनिमा सामान झारेर लमही फर्कने क्रममा बाटोमा मोटर साइकल तेर्साए हाम्रो गाडी छेकेर धारिलो हरियार देखाए, सुनका गरगहना, मोबाइल र नगद ४५ हजार लुटे’ पीडितका श्रीमान टिप्पर चालक ओम प्रकाश बिष्ट र सहचालक जेम्स पुन मगरले बताए ।
पिडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा जाहेरी दिएको र लुटपाटमा संलग्न मध्य १ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यलय लमहीले जानकारी दिएको छ । फरार रहेका दुई जनाको खोजी कार्य भैरहेको प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।