पश्चिदाङको हापुरेमा रहेको सस्तो पसलमा आगलागी भएको छ । बबई चेम्बर्स अफ कमर्सका अध्यक्ष युवराज कडेलले सञ्चालन गरेको हापुरे स्थित सस्तो पसलमा गएराति करिब १ बजे तिर आगलागी भएको हो ।
करिब १ बजे तिर लागेको आगो इलाका प्रहरी कार्यालय हापुरे र स्थानीयबासीको सक्रियतामा करिब २ बजे तिर आगो नियन्त्रण गरिएको बबई चेम्बर अफ कमर्सकाप्रेस सल्लाहकार झुपु क्षेत्रीले जानकारी दिनुभयो । आगलागीबाट एकिन क्षति विवरण अझै आउन नसकेपनि लाखौको क्षति भएको अनुमान गरिएको छ । पसलमा आगलागी किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हापुरेले जनाएको छ ।