दाङमा लकडाउनलाई थप खुकुलो बनाउदै असार १५ गतेसम्म थपिएको छ । जिल्ला कोभिड संंकट व्यवस्थापन समितिको घोराहीमा बसेको बैठकले बजारहरु दिउँसो २ बजेसम्म खोल्ने, सकारी कार्यालयहरु ३ बजेसम्म खोल्ने निर्णय गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण दर घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड र भौतिक दूरीको अनिवार्य पालना गर्न सबै नागरिकहरुलाई आग्रह समेत गरेको छ ।