भिरबाट लडेर घाइते भएकी जाजरकोटको भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको मृत्यु भएको छ।
उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति उनको मृत्यु भएको हो।
भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन्।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन्।