फाइल तस्वीर ।
रोल्पामा बर्षाकारण आएको पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा नगरपालिका–९ होमाका टिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशीला बुढामगर र १५ वर्षिय छोरी श्यामकला बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ६ जना सुतेका मध्ये २ जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । घटना स्थलमा प्रहरी पुगेर उद्दार गरेको छ ।