२०८० साउन ३ गते बुधवार
२०८० साउन ३ गते बुधवार

किसानलाई उन्नत जातका गाई वितरण

दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ वडा कार्यालयले किसानलाई उन्नतजातका गाई वितरण गरेको छ । शान्तिनगर गाउँपालिकाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाईको साना ब्यवसायिक (पकेट) बिकास कार्यक्रम अन्र्गत संचालित वडा नं. ६ का किसानलाई २५ वटा उन्नत जातका गाई वितरण गरिएको वडा अध्यक्ष रवि बुढाथोकीले जानकारी दिनुभयो । व्यवसायीक गाईपालनमा किसानको आकर्षण र किसानका जिवनस्तर उकास्न थप मद्यत पुगोस भन्ने उद्येश्यले उन्नतजातका गाई वितरण गरिएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।