२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

दाङको लमहीमा खहरे खोलाले बगाउँदा एक पुरूषको मृत्यु

सांकेतिक तस्वीर ।

दाङको लमहीमा खहरे खोलाले बगाउँदा एक पुरूषको मृत्यु भएको छ । मृत्य हुनेमा लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बर्षाका कारण आएको हरे खोलाले बगाउँदा गम्भीर घाईते भएका चोधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार दिउँसो पौने ५ बजेतिर कामबाट फर्किने क्रममा खोलाले बगाउँदा मृत्यु भएको हो । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।