२०८० साउन १७ गते बुधवार
२०८० साउन १७ गते बुधवार

शान्तिनगरको ४६ करोड ८२ लाख १० हजार बजेट (पुर्णपाठ सहित)

दाङको शान्तिनगर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ४६ करोड ८२ लाख १० हजार १ सय ९२ रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।
दशौं गाउँ सभामा उपाध्यक्ष मिथिला शाहले ‘शान्तिनगर गाउँपालिको दायित्व, सुशासन र समृद्धिको स्थायित्व ’ भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित ४६ करोड ८२ लाख १० हजार १ सय ९२ रुपैँयाको बजेट सार्वजनिक गरेकी हुन् ।

जसअन्र्तग चालु खर्चमा ३० करोड ७ लाख ७० हजार अर्थात कुल बजेटको ६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पूजिगत तर्फ १६ करोड ७४ लाख ३९ हजार अर्थात कुल बजेटको ३६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगार, गरिबी निवारणलाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको बताइएको छ ।शान्तिनगर गाउँपालिका आ व २०७८-७९ को बजेट हेर्न क्लिक गर्नस्