शान्तिनगर गाउँपालिका वडा नं. ५ मा ३ दिने घरेलु स्तरमा वानस्पतिक विषादी निर्माण सम्बन्धी तालिम सुरु भएको छ ।
आज एक कार्यक्रमका विच ३ दिने घरेलु स्तरमा वानस्पतिक विषादी निर्माण सम्बन्धी तालिमको उदघाटन गरिएका हो । वडा अध्यक्ष गिरीराज बस्नेतको अध्यक्षता एवं गाउँ कार्यपालिका सदस्य लक्ष्मणप्यारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम उदघाटन गरिएको हो ।
कार्यक्रमको सहजिकरण वडा सचिव रोमहर्ष केसीले गर्नुभएको थियो । ३ दिन सम्म सञ्चालन हुने सो तालिममा ३० जना किसानको सहभागिता रहेको छ ।